रेडक्रसद्धारा मृतकका परिवारलाई राहात र घाइतेलाई फलपूmल वितरण

 आइतवार, असार २९, २०७६ | onlinenews
Share this

रामेछाप– नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले रामेछाप नगरपालिका–५ रामपुरमा घर ढलेर पुरिदा मृत्यु भएको पदमकुमारी सुनुवारको परिवारलाई राहात सामग्री प्रदान गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीले मृतकका परिवारलाई त्रिपाल, मण्डली, खाना पकाउने र खाने एकसरो भाडाँकुडा, खानेकुरा, कपडा लगायतका सामग्री प्रदान गरिएको जिल्ला शाखा रामेछापका मन्त्री जयप्रकाश श्रेष्ठले जानकारी दिए ।


श्रेष्ठका अनुसार मृतकका परिवारलाई २० हजार रुपैयाँ बरावरको राहात सामग्री प्रदान गरिएको छ । अविरल वर्षाको कारण २०७२ सालको भूकम्पले चर्किएको घर ढलेर पुरिदा रामेछाप नगरपालिका–५ की ७१ वर्षिय पदम कुमारी सुनुवारको मृत्यु भएको थियो ।
घर नजिकै रहेको गोठमा गाई बस्तुलाई घाँस दिंदै गरेको अवस्थामा घर ढलेर सुनुवारलाई पुरेको थियो । त्यसैगरी सोही घटनाका घाइतेलाई फलपूmल प्रदान छ । जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको घाइतेलाई अस्पतालमै पुगेर फलपूmल र जुस प्रदान गरिएको हो । मृतकका परिवारलाई रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापामगरद्धारा राहत सामग्री प्रदान गरिएको थियो ।
लामो समयपछि परेको लगातार वर्षाको कारण २०७२ सालको भूकम्पले चर्काएको घरहरु लड्ने क्रम बढेको रामेछाप नगरपालिका–५ का अध्यक्ष भिमबहादुर तामाङले बताए । भूकम्पपछि, भूकम्प प्रतिरोधी घर निर्माण गरिए पनि पुरानो घर नहटाइएको कारण पानीले गलेपछि ती घरहरु ढल्न थालेको वडा अध्यक्ष तामाङको भनाई छ ।

Share this

प्रतिकृया

Add