रामेछापमा ३ दिनदेखि अवरुद्ध सडक अझै खुल्न सकेन

 आइतवार, असार २९, २०७६ | onlinenews
Share this

 रामेछाप-  तीन दिनदेखि बन्द रहेको रामेछापको मन्थली–सेलेघाट सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । सडक खुलाउने प्रयास भइरहे पनि सडकमाथिबाट झरेको पहिरोसँगै ठूला–ठूला ढुङ्गा सडकमा आएर थुप्रिएकाले सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
मन्थलीदेखि सेलेघाटसम्म एकतर्फी सडक खुलाए पनि सेलेघाट र सिन्धुलीको खुर्कोट जोड्ने सुनकोसी नदीको पुल माथिबाट आएको पहिरो पञ्छाउन नसक्दा यातायातका साधन सञ्चालन हुन नसकेको हो ।
निरन्तर वर्षासगै पहिरो पनि आइरहेकाले सडकको अवरोध हटाउन समस्या भएको रामेछापका प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसीले जानकारी दिनुभएको छ । अवरुद्ध सडक सञ्चालनमा ल्याउन नसक्दा यात्रुहरु बीचबाटोमै अलपत्र परहेका छन् ।

Share this

प्रतिकृया

Add