घरले पुरिएर मृत्यु भएकी सुनुवारको परिवालाई एक लाख

 शनिबार, साउन ४, २०७६ | onlinenews
Share this

रामेछाप- अविरल वर्षाको कारण घर ढलेपछि पुरिएर मृत्यु भएको रामेछाप नगरपालिका–५ रामपुरकी पदमकुमारी सुनुवारको परिवारलाई जिल्ला विपद ब्यवस्थापन समितिको तर्फबाट एक लाख रुपैयाँ नगद र घरायसी सामग्री प्रदान गरिएको छ ।
रामेछापको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी (पाण्डे)ले गाउँमै पुगेर मृतक सुनुवारकी आफन्तलाई नगद तथा घरायसी प्रयोजनको लागि आवश्यक सामग्री प्रदान गरेकी हुन् ।


गएको असार २६ गते गाईबस्तुलाई घाँस दिने क्रममा घर ढल्दा पुरिएर रामेछाप नगरपालिका–५ की ७१ वर्षिया पदमकुमारी सुनुवारको मृत्यु भएको थियो । सोही घटनामा घाइते भएकालाई पनि प्रमुख जिल्ला अधिकारी केसीले राहत सामग्री प्रदान गरेकी छन् ।
प्रजिअ केसीले मृतकको परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी छन् ।
नगद तथा राहत सामग्री वितरण कार्यक्रममा रामेछाप नगरपालिका–५ का वडाअध्यक्ष भिमबहादुर तामाङ, पृथ्वी श्रेष्ठ लगायतका वडा सदस्य र स्थानीयको सहभागिता रहेको थियो ।

Share this

प्रतिकृया

Add