हार्डवेयर पसल अनुगमन, म्याद नाघेको बस्तु बरामत

 बुधबार, भदौ १८, २०७६ | onlinenews
Share this

रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले बुधबार सदरमुकाम मन्थलीमा रहेका हार्डवेयर पसलहरुको अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेल नेतृत्वको अनुगमन टोलीले हार्डवेयर पसलहरुमा बिक्रीको लागि राखिएको म्यान नाघेको बस्तुहरु बरामत गरेको छ ।


अनुगमन टोलीले लक्की हार्डवेयर सप्लायर्सबाट म्याद नाघेको २ बोरा एपोलो इनामेल (१ लिटरको ३२ बट्टा) बरामत गरेको छ । त्यसैगरी बि.एस हार्डवेयर सप्लायर्सबाट म्याद नाघेको डाँफे इनामेल १ लिटरको ३० वटा र रेजिना भाँडा पसलबाट परिमाण काम भएको एक थान सिल्भरको पाथी बरामत गरेको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ ।


जिल्ला प्रशासन कार्यालयको अगुवाइमा गरिएको अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय, जिल्ला उद्योग बाणिज्य संघका प्रतिनिधि र पत्रकारको सहभागिता रहेको थियो ।
जिल्ला प्रशासन कार्यालय रामेछापले उपभोक्ताको हितलाई ध्यानमा राखि आउँदै गरेको चाडपर्वलाई समेत लक्षित गरि बजार अनुगमनलाई कडाई गरेको छ ।

Share this

प्रतिकृया

Add