खाद्य पसल अनुगमन, म्याद नाघेका र इजाजत नभएका बस्तु बरामत

 मङ्लबार, भदौ २४, २०७६ | onlinenews
Share this

रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले सोमबार सदरमुकाम मन्थलीमा रहेका खाद्यन्न पसलहरुको अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेल नेतृत्वको अनुगमन टोलीले म्याद नाघेको खाद्य बस्तु र इजाजत विना बिक्रीको लागि राखिएको बस्तुहरु बरामत गरेको छ ।
अनुगमन टोलीले एस के एस स्टोर्सबाट म्याद नाघेको जम्बो ड्यू ३ बोतल र इजाजत बिना बिक्रीको लागि राखिएको सुर्ति ७ केजी, एस एण्ड एस किनारा पसलबाट इजाजत विना बिक्रीको गर्न राखिएको खैनी १ प्याकेट र चुरोट १ पेटी बरामत गरेको छ ।
त्यसैगरी सन्तोष किराना पसलबाट म्याद नाघेको जुस १२ बोतल, न्यू जनरल सफल स्टोर्सबाट म्याद नाघेको कुकिज विस्कुट १ कार्टुन, आर डी कोल्ड स्टोर्स एण्ड सप्लार्यसबाट म्याद नाघेको तेल २४ बोतल, उप्रेती स्टोर्सबाट म्याद नाघेको विस्कुट (ठूलो बोरा)को १ बोरा बरामत गरेको छ । त्यस्तै रमेश किराना पसलबाट म्याद नाघेको जुस २ बोतल, गौरीशंकर कोल्ड स्टोर्सबाट म्याद नाघेको जुस २ बोतल बरामत गरेको छ भने अन्य विभिन्न पसलहरुबा इजाजात नभएको खैनी २० प्याकेट परामत गरेको अनुगमन टोलीले जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा गरिएको अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय, जिल्ला उद्योग बाणिज्य संघका प्रतिनिधि र पत्रकारको सहभागिता रहेको थियो । जिल्ला प्रशासन कार्यालय रामेछापले केही समययता उपभोक्ताको हितलाई केन्द्रमा राखी बजार अनुगमनलाई कडाई गरेको छ ।

Share this

प्रतिकृया

Add