नेपालमा ९८ प्रतिशत प्याज बाहिरबाट आयात

 सोमवार, अशोज २०, २०७६ | onlinenews
Share this

२० असोज– प्याज उत्पादनमा नेपाल कमजोर देखिएको छ । नेपाली बजारमा पाइने प्याज मध्ये ९८ प्रतिशत बाहिरबाट आयात हुने गरेको कृषि तथा पशुपञ्छी विकास मन्त्रालयले जनाएको छ । नेपालमा उत्पादनको सम्भावना रहेपनि वर्षेनी बाहिरबाट मसलाजन्य खाद्यान्न आयात बढ्दै गएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार नेपालले गएको आर्थिक वर्षमा ५ अर्ब ६२ करोडको प्याज आयात गरेको छ । आयात भएको प्याजमध्ये ९९ प्रतिशत भारतबाट र करिब एक प्रतिशत मात्रै चीनबाट आयात भएको छ । नेपालमा ७७ जिल्लामा प्याज खेती भएपनि त्यसले नेपाली बजारको २ प्रतिशत मात्रै बजार आगटेकेको छ । सरकारी तथ्यांक अनुसार नेपालमा वार्षिक दुई लाख ३५ हजार टन प्याज उत्पादन हुन्छ । तर, त्यो उत्पादनले एक महिनालाई पनि धान्न सक्दैन । नेपालीको भान्सामा पाक्ने प्याजको झन्डै ९८ प्रतिशत विदेशबाट आयात हुने गरेको छ । सरकारले आव २०६४÷०६५ देखि २०६९÷०७० सम्म ‘प्याज मिसन’ अभियान सञ्चालन गरेको थियो । खर्च ६० करोड भएपनि उपलब्धी भने त्यस अनुसार देखिएन । अभियान असफल बनेपछि सरकारले २०७० मा यो कार्यक्रम नै खारेज ग¥यो । कृषि मन्त्री चक्रपाणी खनालका अनुसार सरकार फेरि त्यो अभियानलाई जोडने तयारीमा छ । नेपालमा एउटा सिजनमा मात्रै प्याज उत्पादन हुन्छ । अफसिजन उत्पादनका लागि अनुसन्धान भए पनि भण्डारणमा ध्यान दिन नसक्दा त्यो सफल हुन सकेकेको छैन ।

Share this

प्रतिकृया

Add