विमानस्थलमा जहाज उड्ने हो कि ? गाडी गुड्ने (भिडियो सहित)

धावनमार्ग नागरिक उडड्यान कार्यालयका कर्मचारीको गाडी सिक्ने थलो

 शनिबार, अशोज २५, २०७६ | onlinenews
Share this

२५ असोज, रामेछापः पर्यटकीय सिजन सुरु भएसँगै रामेछापको विमान स्थल प्रयोग गर्दै सोलुको लुक्का जाने विदेशी पर्यटकहरुको चहलपहल बढेको छ ।
विदेशी पर्यकहरु काठमाडौंबाट मन्थलीसम्म माइक्रोबसमा आउँने र मन्थली विमानस्थलबाट तारा एयर, समिट एयर र सीता एयरका विमानबाट सगरमाथाको आधार शिविर आवतजावत गर्न लुक्का विमान स्थलमा झर्ने गरेका छन् ।
काठमाडौं विमानस्थलमा ट्राफिक जाम धेरै हुने भएकाले लुक्का जाने पर्यटकहरुको लागि रामेछापको मन्थली विमानस्थलबाट उडान भर्ने गरेका छन् । पर्यटकहरुलाई मन्थलीसम्म माइक्रोबसमा आउन केही कठिनाई भए पनि उडानको सहजताको लागि सहजताको लागि मन्थली विमानस्थलबाट उडान भर्ने गरिएको एयरलाइन्सहरुको भनाई छ ।


मन्थली विमान स्थलमा विदेशी पर्यटकहरुको ब्यापक आगमन भइरहँदा विमानस्थलले भने उडानको लागि उचित ब्यवस्थापन नमिलाएको ट्राभल एजेन्सीहरुको गुनासो छ । नागरिक उडड्यान कार्यालय मन्थलीको लापर्वाहीको कारण पर्यटकहरुले सास्ती ब्यहोर्नु परेको छ ।
लुक्लामा मौसम खराब भएको भन्दै मन्थली विमानस्थलाई नागरिक उडड्यान कार्यालयका कर्मचारीले गाडी सिक्न प्रयोग गर्ने गरेका छन् । मौसम खराब भएको बाहनामा जहाज उडान बन्द गरि धावन मार्गमा गाडी सिक्न प्रयोग गरिदा पर्यटकहरु समस्यामा पर्ने गरेको गुनासाहरु आइरहेका छन् ।

मौसम खराब भएको अवस्थामा लुक्काका लागि हिडेका पर्यटकहरु कहिलेकही तीन दिनसम्म पनि मन्थलीमा बस्नुपर्ने बाध्यता छ । त्यसमा पनि नागरिक उडड्यान कार्यालयको लापर्वाहीले पर्यटकहरु अझ बढी समस्यामा पर्ने गरेका छन् । नागरिक उडड्यान कार्यालयको कारण पर्यटकले सास्ती पाएको विषयमा पत्रकारले जानकारी लिन खोज्दा नागरिक उडड्यान कार्यालय मन्थलीका प्रमुख अमित कुमार चौरसीया आपूm बेस्त रहेको भन्दै पत्रकारलाई भेट दिन चाहेनन् । बरु नागरिक उडड्यान कार्यालयको प्राङगणमा पुगेका पत्रकारलाई प्रहरी लगाएर प्राड्गणबाट बाहिर निकालियो, फोटो र भिडियो नखिच्न चेतावनी दिइयो ।

उडड्यान कार्यालय मन्थलीमा आखिर के थियो पत्रकारलाई गलहत्याएर बाहिर निकाल्नु पर्ने ?

विदेशी पर्यटकले मन्थली विमानस्थलमा भोग्नु परेको समस्याको बारेमा पत्रकारले फोन मार्फत जानकारी लिन खोज्दा कार्यालय प्रमुख अमित कुमार चौरसीया आपूm ब्यस्त रहेको बताए । उनको फुर्सदको समय लिन खोज्दा पनि पत्रकारलाई समय दिन अस्वीकार गरे । बरु नागरिक उडड्यान कार्यालय मन्थलीको प्राङगणमा पुगेका २ जना टेलीभिजन पत्रकारलाई प्रहरी लगाएर बाहिर निकालियो ।
कार्यालय प्रमुख अमित चौरसीयाले पत्रकारलाई नभेट्ने खबर प्रहरी मार्फत नै पठाए । जनता टेलीभिजन र हिमालयन टेलिभीजनका पत्रकार पर्यटकको समस्याको बारेमा बुझन मन्थली विमान स्थलमा पुगेका थिए ।
धावन मार्गमा उडड्यान कार्यालयका कर्मचारीले सिक्ने गरेको गाडी विमानस्थलको साइटमा राखिएको थियो । विमान स्थलमा पार्किङ गरेको गाडीको फोटो पत्रकारले खिच्ने डरले पत्रकारलाई विमान स्थल र वरपरको फोटो र भिडियो खिच्न रोक लगाइएको हो ।

https://youtu.be/GBHtAIc__vk

Share this

प्रतिकृया

Add