विमानस्थलमा नागरिक उडड्यान कार्यालयको चरम लापर्वाहि, रामेछाप विमानस्थलमा यस्ता छन् ९ लापर्वाहिहरु

 मङ्लबार, कार्तिक ५, २०७६ | onlinenews
Share this

५ कार्तिक, रामेछाप– गत वर्षदेखि लुक्लाको उडान रामेछापको सदरमुकाममा रहेको रामेछाप विमानस्थलबाट हुँदै आएको छ । लुक्लाको लागि उडान भर्न काठमाडौं विमानस्थलबाट भन्दा रामेछापबाट सहज हुने भएकाले एयरलायन्सहरुले गत वर्षदेखि लुक्ला जाने पर्यटकको लागि रामेछाप विमानस्थलबाट उडान सुरु गरेका हुन् ।
रामेछाप लुक्ला उडानलाई रामेछाप जिल्लाको आर्थिक समृद्धिसँग जोडेर हेरिएको छ । जसअनुसार रामेछाप विमानस्थललाई ब्यवस्थित बनाउनको लागि जिल्लास्थित सरोकारवाला निकायहरु लागिरहेका छन् । मन्थली बजार र विमानस्थल आसपासका क्षेत्रमा पर्यटकमैत्री संरचनाहरु पनि निर्माण भइरहेका छन् ।


पर्यटकीय सिजन सुरुभएसँगै अहिले रामेछाप विमानस्थलमा पर्यटकको चाप निकै बढेको छ । अहिले रामेछाप विमानस्थलमा हवाई उडान र अवतरणको चाप छ । विमानस्थलमा हवाई उडान र अवतरणको अत्याधिक चाप रहेको बेला नागरिक उडड्यान कार्यालयको लापर्वाहि पनि त्यतिनै छ । सर्वसाधारणले देखेका र नागरिक उडड्यान कार्यालय लुकाउन नसकेका ९ वटा लापर्वाहिहरु छन् । नागरिक उडड्यान कार्यालय लुकाउन नसकेका लापर्वाहि निम्न छन ।
लापर्वाहि नम्बरः १
विमानस्थलका एटिसी उड्नका लागि र बस्नका लागि मात्र अनुमति दिने काममा तल्लिन छन् । विमानस्थलबाट जहाज उड्ने बेला र बस्ने बेलाको सुरक्षा र उडानमा ख्याल दिदैनन । त्यसको उदाहरण केहि महिना अघि तारा यएरको विमान आकाशे पुल छुने गरी होचिएर विमानस्थलतिर तरकारीबारीको पोल ठोक्दै आउदा होचोमा उडिरहेको विमानका चालकलाई जहाजलाई माथि लैजाउ भनेर उनले भन्न सकेनन । जसले गर्दा जहाज पोलमा ठोकिएर क्षति भयो । धन्न यात्रु जोगिए । ठूलो दुर्घटना भएन, बच्यो ।


होचोमा या अस्वभाविक उडानमा एटिसीले जहाजलाई कमाण्ड गरिनु पर्दछ । उदाहरणको लागि विमान बंगालादेशको जहाज काठमाडौं विमानस्थलमा दुर्घटना भएको दिन एटिसीले त्यसलाई जोगाउन र सहि स्थानबाट विमानस्थलमा आउनका लागि अथक प्रयास गरेको कुराको अडियोनै बाहिरिएको थियो । तर, रामेछापमा त्यस्तो भएन । दोष जहाजलाई दिइयो ।
लापर्वाहि नम्बरः २
केहि दिन अघि मात्र सीता एयरको विमान रामेछापबाट लुक्लाका लागि उडान गर्ने क्रममा इन्जीनमा बकुल्ला ठोकियो धन्न ठूलो दुर्घटनाबाट जोगियो । विमान उड्नका लागि धावनमार्गमा पुग्दा विचमा धेरै बकुल्ला भएको देखेर पनि एटिसीले त्यसलाई उड्नका लागि अनुमति दिए । विमानस्थलमा चरा या अन्य जनावर देखिए त्यसलाई हटाएर मात्र विमान उड्न र अवतरण गर्न दिने गरिन्छ । तर, रामेछापमा भने उडाउन पाए भयो भन्ने हिसावले लापर्वाहि गरिदै आएको छ । गएको सिजनमा पनि विमानस्थल भित्र कुकुर दौडिरहँदा उडान र अवतरण गराइएको थियो । जुन अति जोखिम काम हो । कुकुर र विमान संगसँगैं कुदेको पनि देखिएको थियो ।


लापर्वाहि नम्बरः ३
विमानस्थल भित्र सर्वसाधारणले सहज प्रवेश पाउदैनन । जुन स्वभाविकै हो । तर मन लागेको व्यक्तिलाई विमानस्थल भित्र पसाएर मोटर सिक्ने गराइन्छ । आयल निगमका ट्याकरसम्म विमानस्थलको धावन मार्ग हँुदै गुडेका, दारु खाएर राति गाडी सिकेको, मोटरसाइकल र स्कुटी सिकेका फोटाहरु सुरक्षित छन । म्युजियममा झै विमानसम्म पुगेर धेरैले फोटो खिचेर पोष्ट गरेका छन । जुन एटिसीको बद्मासीको रुपमा हेरिएको छ ।
लापर्वाहि नम्बरः ४
लुक्ला जानका लागि यात्रु हाल्ने क्रममा कतिपय अवस्थामा विमानले इन्जीन अफ गर्दैनन । हतारमा इन्जीन घुमाएरै यात्रु भर्छन र उड्छन् । नागरिक उडड्यानको सुरक्षा कानून बमोजिम त्यस्तो गर्नु गम्भिर लापर्वाहि हो । पाईलटले इन्जीन अफ नगरी विमानमा यात्रु हाल्दै गरेको देख्ने एटिसीले कुनै कदम नचालेर छोडिदिनु भनेको चरम र गम्भिर पदिय दुरुपयोग हो । यस्तो कार्य हँुदा कुनै पनि दिन पंखाले काटेर मान्छे ढलेको सुन्दा अनौठो हुने छैन । यसमा विमानस्थल प्रमुख अमित चौरसियाको सोह्रैआना बद्मासी र चरम लापर्वाहि नै हो ।
लापर्वाहि नम्बरः ५
रामेछाप विमानस्थलमा जम्मा ४ वटा जहाज पार्किङ्ग गर्ने ठाउँ डिजाईन गरी बनाइएको छ । तर, विमान कम्पनी संगको सेटिंगमा एटिसी अमित चौरसियाले ६ वटासम्म जहाज पार्किङ्ग गर्न दिइरहेका छन । जुन सुरक्षाका हिसाबले गम्भिर लापर्वाहि हो । विमान चालकको थोरै असावधानि भएमा एक जहाजले अर्कोलाई ठोक्ने गरी पार्किङ्ग गर्दा पनि चौरसिया नवोल्नु दालमा कुछ कालो छ । विगतमा काठमाडौं विमानस्थलमा एक विमानले थोरै कमाण्ड गुमाउदा अर्कोलाई हानेका उदाहरणहरु थुप्रै छन ।
लापर्वाहि नम्बरः ६
विमानस्थलमा पर्यटक खचाखच हुँदा उनीहरुका लागि सामान्य सुविधा विमानस्थल कार्यालयले दिन सकेको छैन । काउन्टरहरु व्यवस्थित छैनन् । शौचालयको विजोग छ । यात्रुका लागि बस्ने कुर्सीहरुको व्यवस्था छैन । प्रतियात्रु कर असुल्ने विमानस्थल कार्यालयले न्यूनतम सुविधा उपलव्ध गराउन नसक्दा यात्रुले कष्ट ब्यहोरेका छन । विमानस्थलका प्रमुख भने कसैले देख्ला र कमेन्ट गलौ भनेर छोप्न खोजिरहेका छन । नागरिकलाई सूचना दिनु पर्ने पत्रकारहरुलाई भित्र जान दिदैनन् । घुम्न जानेलाई प्लेन भित्र राखेर फोटो खिचाएर फर्काउछन् ।
लापर्वाहि नम्बर ७
विमानस्थल वरिपरीको तारवार बन्दिलो नगर्दा स्याल कुकुरहरु पस्ने गरेका छन । दरिलो तारबारको प्रवन्ध गरी उडान सुरक्षा गर्न चौरसियाले सकेका छैनन । जसका कारण कुनै पनि दिन दुर्घटना हुने त्रास कायमै छ ।
लापर्वाहि नम्बरः ८
रामेछापबाट लुक्ला उड्ने जहाज कम्पनीहरुले आफ्नो वेबसाइडमा राखेको उडान तालिकामा रामेछाप–लुक्ला उडान समावेश गरेका छैनन । उडान तालिकानै नभएको विमान कम्पनीहरुका विमानलाई कसरी व्यवसायिक उडान भर्न दिएको भन्ने प्रश्नको बारेमा नागरिक उडड्यान कार्यालय बेखबर छ । वेबसाईडमा काठमाडौ लुक्ला भनेका उडान रामेछापबाट उडाइरहँदा भोलीका दिनमा विपत परेका यात्रुका परिवारलाई कसरी विमा दावि गर्ने भन्ने बारेमा अन्यौल छ । एकातिरको उडान अर्काे तिरबाट गराउँदा त्यो लापर्वाहि हो कि हैन । के विमान कम्पनीले वास्तविक उडान तालिका राख्न सक्दैनन् ? नागरिक उडड्यान प्राधिकरण नियमक निकाय हो कि, जसोजसो निजी विमान कम्पनी उसोउसो हो ? । हैन भने निजी विमान कम्पनीका कर्मचारीसँग मिलेमतोमा यस्तो गैरजिम्मेवार काम किन भइरहेको छ ?
लापर्वाहि नम्बरः ९
उडान पछि हरेक जहाज चेक गर्नु अनिवार्य शर्त जस्तै हो । तर लुक्लाका लागि उडेका जहाजहरु उड्न र बस्न पाए पुग्यो । जति चाडो लुक्लामा मानिस झार्न सक्यो, त्यति फाइदा भनेर विमान कम्पनीका कर्मचारी, हवाई नियमन गर्ने निकायका प्रमुख एटिसी र विमान चालकहरु हतारिन्छन । यो पनि लापर्वाहिकै चरम नमूना हो । नागरिक उडड्यान कार्यालय रामेछापका प्रमुख अमित चौरसीया बिहान मदीरा सेवन गरेर कार्यकक्षमा प्रवेश गर्दछन् र जहाज उडाउने र अवतरण गराउँने काम गर्छन्, यो भन्दा चरम लापर्वाहि अरु के हुनसक्छ ?
विमानस्थलमा भइरहेको यी लापर्वाहिहरुको बारेमा सम्बन्धिन निकायले चासो नदिने र लापर्वाहि भइरहने हो भने रामेछाप विमानस्थलमा अकल्पनीय दुर्घटना हुनसक्ने ठूलो खतरा छ ।

 

Share this

प्रतिकृया

Add