
रामेछाप- जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का (कार्र्की) ले अब मन्थली नगरपालिकाका वडाहरुको सङ्घर्षको दिन सुरु भएको बताएकी छन् । बुधवार मन्थली नगरपालिका–१० चनखुलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दै समन्वय प्रमुख खड्काले यस्तो बताएकी हुन् ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेको समन्वय प्रमुख खड्काले भनिन् ‘हिजोको दिनमा बालबालिकामाथि हिंसा हुँदा तपाईहरुले गाउँमै मिलाउने गर्ने हुन्थ्यो तर अब भोलीका दिनमा बालबालिकामाथि हिंसा भएमा, बालविवाह, भएमा वा बालबालिकाको अधिकार हनन् भएमा तपाई हामीसँबै जिम्मेवार हुनेछौँ सबैले कानुको भागेदारी बन्नुपर्छ ।’ ‘बालमैत्री शासन लागू गर्ने सामूहिक पतिवद्धता पत्रका हामी सबैले हस्ताक्षर गरेका छौँ, त्यसैले अब तपाईहरु कोही पनि उम्कन पाउँनु हुन्न ।’
बालमैत्री स्थानीय शासनलाई निरन्तरता दिन, राजीतिक दल, स्थानीय बुद्धिजीवि, समाजसेवी, शिक्षक, अभिभावक सबैको साथ सहयोग आवश्यक हुने पनि जिल्ला समन्वय समिति प्रमुख खड्काले बताइन् । वर्षौको प्रयासपछि वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न सफल भएका छौँ, अब हामी चुप लागेर बस्ने होइन, यसलाई निरन्तरता दिनको लागि अझ बढी मेहनत गर्नुपर्छ उनले भनिन् । बालमैत्री स्थानीय शासनयुक्त वडा हचुवाको भरमा घोषणा गरेका होइर्नौँ, जिल्ला स्तरीत अनुगमन समितिले सुक्ष्मरुपमा अध्ययन अनुगमन गरेर, प्रत्येक फाइलहरु पल्टाएर बालमैत्री घोषणा गर्नको लागि आवश्यक सूचकहरु पूरा भएनभएको अध्यय गरी आवश्यक ५१ वटा सूचक पूरा भएपछिमात्रै बालमैत्री शासनयुक्त वडा घोषणा गरिएको पनि समन्वय प्रमुख खड्काले बताइन् । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नु जति महìपूर्ण छ, त्यतिनै महत्वपूर्ण यसलाई निरन्तरता दिनु भएकाले निरन्तरता दिनको लागि सबै पक्ष एकजुट भएर लाग्न पनि समन्वय प्रमुख खड्काले आग्रह गरेकी छन् ।
स्थानीय शासनयुक्त वडा कार्यक्रमलाई बोल्दै सबै राजनीतिक दलका प्रतिनिधि, सामाजिक सङ्घसंस्था, शिक्षक, स्थानीय बुद्धिजीव सबैले स्थानीय शासनलाई निरन्तरता दिन आफूहरु प्रतिवद्ध रहेको प्रतिवद्धता जनाएका छन् । उक्त कार्यक्रममा वडा अध्यक्ष गोपिलाल तामाङले वडाको भौगोलिक, आर्थिक, सामाजिक तथा वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न सञ्चालन गरिएको गतिविधिहरु समेटिएको प्रतिवेदन प्रस्तुत् गरेका थिए । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको औपचारिक कार्यक्रम सुरु हुन अघि र्याली निकालिएको थियो । मन्थली नगरपालिका–१० को वडा कार्यालयबाट सुरु भएको र्याली सरस्वती मध्यमिक विद्यायलमा आएर औपचारिक कार्यक्रममा परिणत भएको थियो । विभिन्न, झाँकीसहित निकालिएको र्यालीमा जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थी र अभिभावकहरुको भब्य सहभागिता रहेको थियो ।
बालमैत्री वडा घोषणा कार्यक्रममा बालबालिकाहरुले बालअधिकार तथा बालबालिका सम्बन्धी विभिन्न नृतत्यहरु प्रस्तुत् गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन वडा किशोरी समूहको सचिव तथा सरस्वती माध्यमिक विद्यालयको बाल समूहका अध्यक्ष रुविता बोहरा र सोही समूहका सचिव निशान थापाले सञ्चालन गरेका थिए । उनीहरु दुवैजना सरस्वती मध्यमिक विद्यालयको कक्षा १० मा अध्ययरत विद्यार्थी हुन् ।