इलाम- कोसी प्रदेशको इलाम जिल्लामा दुई दिनदेखिको लगातार वर्षाले भीषण बाढी, पहिरो र डुबान निम्त्याउँदा कम्तीमा १८ जनाको ज्यान गएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक पोखरेलका अनुसार सबै मृतक इलाम जिल्लाका हुन् । बाढी पहिरोमा परी सूर्योदय नगरपालिका–१, मानेभञ्ज्याङमा ५ जना, माङसेबुङ गाउँपालिका–१, पाटिगाउँमा ३ जना, देउमाई नगरपालिका–५, धारेमा १ जना, देउमाई नगरपालिका–५, धुसुनेमा २ जना, फाकफोकथुम गाउँपालिका–३, रातमाटेमा १ जना र इलाम नगरपालिका–५, घोसगाउँमा ६ जना रहेका छन् ।
अझै केही स्थानमा क्षति भएको आशंका गरिँदैछ भने उद्दार र राहत कार्य तीव्र रूपमा अगाडि बढाइएको प्रहरीको भनाइ छ । सुरक्षाकर्मी र स्थानीयवासीको टोली प्रभावित क्षेत्रमा खटिइरहेको जनाइएको छ ।
