रामेछाप- हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव कायमै रहेको छ, जसका कारण धेरै स्थानमा वर्षा भइरहेको छ । आज (आइतवार) कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भागमा मौसम पूर्ण रूपमा बदली छ भने बाँकी क्षेत्रहरूमा सामान्य बदली रहनेछ । विशेषगरी कोशी र मधेस प्रदेशका केही स्थानहरूमा चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
आजको मौसम पूर्वानुमानः
बिहानः
कोशी, मधेस, बागमती, गण्डकीः पूर्ण बदली
अन्य क्षेत्रः सामान्य बदली
मध्यम वर्षाः मधेस, बागमती, लुम्बिनी
हल्का देखि मध्यम वर्षाः कोशी, गण्डकी
दिउँसोः
पूर्ण बदलीः कोशी, मधेस
सामान्य बदलीः बागमती, लुम्बिनी
आंशिक बदलीः अन्य क्षेत्र
चट्याङसहित मध्यम वर्षाः अधिकांश प्रदेश
भारी वर्षा सम्भावनाः कोशी, मधेस (एक–दुई स्थान)
रातिः
सामान्य बदलीः कोशी, मधेस, बागमती, पहाडी क्षेत्रहरू
आंशिक बदलीः अन्य क्षेत्र
चट्याङसहित मध्यम वर्षाः पहाडी भूभाग र केही तराई क्षेत्रहरू
भारी वर्षा सम्भावनाः कोशी प्रदेशका पहाडी भूभाग (एक–दुई स्थान)
सावधानीका लागि बाढी, पहिरो तथा चट्याङबाट बच्न सम्बन्धित क्षेत्रवासीलाई सतर्कता अपनाउन सुझाव दिइएको छ ।
