
रामेछाप- रामेछापको मन्थली नगरपालिका–१ भैसेश्वरमा गुडिरहेको टिफबाट खेसेर एक जनाएको मृत्यु भएको छ ।
सुकाजोर खोलाबाट बालुवा लिएर मन्थली नगरपालिका–४ सालुतर्फ जाँदै गरेको प्रदेश नं. ३०१००३ क ५७६४ नम्बरको टिफरबाट खसेर मन्थली नगरपालिका–४ सालु अर्चलेका ३२ वर्षीय नारायण बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
गुडिरहेको टिफरको ढालाबाट लडी घाइते भएका बस्नेतको मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए ।
प्रहरी निरीक्षक न्यौपानेकाअनुसार टिफर चालक मन्थली नगरपालिका–५ सुनारपानीका ३४ वर्षीय कुमार कार्कीलाई टिफरसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।