Logo

रामेछापमा स्कारपियो दुर्घटना, एकको मृत्यु, एकजना घाइते



रामेछाप- मन्थली नगरपालिका–६ भलुवाजोरको बोक्से पहरामा स्कारपियो गाडी दुर्घटना हुँदा जनाएको मृत्यु भएको छ भने एक जना गम्भीर भाइते भएका छन् । आइतवार बिहान सदरमुकाम पारिवारिक भेटघाटको लागि रामेछापको मन्थलीबाट हेटौँडा हिडेको गाडी मन्थली–खुर्कोट सडक खण्डको बोक्से पहराबाट खसेको हो ।


दुर्घटनामा मन्थली नगरपालिका–१ की ४० वर्षीया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको र उनका श्रीमान श्रीमान उत्तम चौहान भाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए ।

गाडी अप्ठ्यारो भिरमा अड्किएकाले उद्दारमा कठिनाइ भए पनि शव निकालिएको प्रहरीले जनाएको छ । गाडी भिरमा अड्किएकाले गाडी नम्बर भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्