
रामेछाप– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे शुक्रवार रामेछाप जिल्लाको खाँडादेवी आउँदै छन् । रामेछाप जिल्लाको ऐतिहासिक धार्मिक तिर्थस्थल एवम् धार्मिक पर्यटकीय स्थल खाँडादेवी मन्दिर अन्तर्गत, खाँडादेवी विकास कोषको १२ औँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन कार्यक्रमको उद्घाटन गर्न सभामुख घिमिरे खाँडादेवी आउन लागेका हुन् ।
सभामुख घिमिरे हेलीकप्टर मार्फत कार्यक्रममा आउने सभामुखको निजी सचिवालयले जनाएको छ । सभामुखको निजी सचिवालयको अनुसार शुक्रवार बिहान १० बजे सभामुख घिमिरे रामेछापको खाँडादेवीका लागि त्रिभूवन अन्तर्राष्ट्रिय बिमालस्थलबाट हेलीकप्टरमा उड्ने कार्यतालिका रहेको छ । खाँडादेवी विकास कोषको साधारण सभा तथा अधिवेशनको उद्घाटन गरी भद्रपुर झापा गोल्डकपको उद्घाटन गर्न भद्रपुर जाने कार्यक्रम रहेको सचिवलायले जनाएको छ । शुक्रवार भद्रभपुरबाट पुनः रामेछापको मन्थली फर्कने कार्य तालिका रहेको पनि सचिवालयले जनाएको छ । सचिवालयका अनुसार फागुन १७ गते लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीस्थित ज्यामिरेखानी माध्यमिक विद्यालयको ५० औँ वार्षिकोत्सवको उद्घाटन गरी सभामुख घिमिरे काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।