Logo

सुमो दुर्घटनामा ८ जना घाइते, एकको अवस्था गम्भीर



रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिका–४ रजगाउँको माडी मुहानस्थित भित्री सडक खण्डमा शुक्रवार दिउँसो सवारी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनमा परी घाइते हुनेहरुमा कोपिला श्रेष्ठ वर्ष ४०, मन्थली–२, संचिता श्रेष्ठ वर्ष १४, तिलमाया श्रेष्ठ वर्ष ७०, मन्थली–३, कृष्णमाया खड्का वर्ष ५०, गितामाया जोगी वर्ष ५३, कोपिला जोगी वर्ष ५५, चेतकुमारी श्रेष्ठ वर्ष ७८ र चालक रमेश बुढाथोकी वर्ष ४९ का रहेका छन् । घाइते मध्ये कोपिला श्रेष्ठको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य घाइतेहरुको अवस्था भने मध्यम रहेको छ ।

प्रहरीका अनुसार माडी मुहानबाट मन्थलीतर्फ आउँदै गरेको ना.१ ज ५५५८ नम्बरको सुमो करीब साढे ४ बजे दुर्घटनमा परेको उक्त सुमो सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनाको सूचना प्राप्त भए लगतै जिल्ला प्रहरी कार्यालय रामेछाप र इलाका प्रहरी कार्यालय खाँडादेवीबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थल पुगेको थियो । प्रहरी स्थानीयको सहयोगमा उद्दार घाइतेहरुको उद्दार गरिएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घाइतेको उपचार मन्थली अस्पताल भइरहेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्