
रामेछाप- घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापको अध्यक्षमा नवीनकुमार घिमिरे सर्वसम्मतिबाट चयन भएका छन् । प्रतिष्ठानको पहिलो जिल्ला अधिवेशनले घिमिरेलाई अध्यक्षमा चयन गरेका हो । अधिवेशनले १७ सदस्यीय जिल्ला समिति सर्वसम्मतिबाट चयन गरेको हो ।
समितिका अन्य पदाधिकारीहरुमा महिला उपाध्यक्षमा अञ्जु घिमिरे, उपाध्यक्षमा दामोदर प्रसाद घिमिरे, सचिवमा सुन्दर घिमिरे, सह सचिवमा बेदकुमार घिमिरे र कोषाध्यक्षमा सुन्दर घिमिरे चयन भएका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा विनोद घिमिरे, दुर्गा घिमिरे, रञ्जु घिमिरे, अप्सरा घिमिरे, शिवजी घिमिरे, डोरदेव घिमिरे, सरस्वति घिमिरे, विनोद घिमिरे, रञ्जु घिमिरे, द्रोण घिमिरे र यशोदा घिमिरे रहेका छन् ।
प्रतिष्ठानको जिल्ला तदर्थ समितिका संयोजक पुरुषोत्तम घिमिरेको अध्यक्षतामा भएको उक्त अधिवेशनको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेका थिए । अधिवेशनको उद्घाटनका क्रममा घिमिरेले समाजका विभिन्न भागमा छरिएर रहेका घिमिरे वन्धुहरुलाई एकै संस्थामा ल्याउन र एकअर्काको सहयोगी भावनाको विकास गर्नका लागि प्रतिष्ठानले काम गर्नुपर्ने बताएका थिए । कार्यक्रममा उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लगायतका वक्ताले प्रतिष्ठानको महत्व र आगामी दिनमा गर्नुपर्ने कार्यको बारेमा चर्चा गरेका थिए ।