
रामेछाप- रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा दुई दिने किशोरी आत्मरक्षा तालिम सम्पन्न भएको छ । किशोरीहरुले आफ्नो सुरक्षा गर्न आफै सक्षम हुनुपर्छ भन्ने उद्देश्यले किशोरी आत्मरक्षा तालिम सञ्चालन गरिएको हो । दुई दिनसम्म सञ्चालन गरिएको उक्त तालिममा मन्थली नगरपालिका–१ अन्तर्गतका २ वटा सामुदायिक तथा ३ वटा संस्थागत विद्यालय र रामेछाप नगरपालिकाका एक सामुदायिक विद्यालय गरी ६ वटा विद्यालयमा अध्ययनरत ४० जना किशोरीहरुलाई आत्मरक्षा तालिम दिइएको प्रशिक्षक सुमित्रा खड्का (कार्की)ले जानकारी दिइन् । बागमती प्रदेश सरकार, प्रदेश युवा परिषदद्धारा आयोजना गरिएको उक्त तालिम बिहिवार समापन गरिएको हो ।
किशोरी आत्मरक्षा तालिम किशोरीहरुलाई आफ्नो सुरक्षा आफै गर्न सक्षम बनाउने उद्देश्यले बागमती प्रदेश सरकारले विगत तीन वर्षदेखि सञ्चालन गर्दै आएको प्रशिक्षक कार्कीले बताइन् । यसअघि दुई वटा तालिम दोरम्बा शैलुङ गाउँपालिकामा सञ्चालन गरिएको पनि उनले जानकारी दिइन् ।
उनले भनिन्– किशोरीमाथि हिंसा भएमा सहयोग गर्ने, विभिन्न सङ्घसंस्था, महिला तथा बालबालिका शाखा, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायतका निकायहरु छन् तर हिंसा हुनबाट बच्नको लागि किशोरी आत्मरक्षा तालिम निकै महìवपूर्ण छ । आफ्नो घरको चार दिवार भित्रसमेत सुरक्षित नरहेका चेलीहरु घरबाहिर सुरक्षित हुनसक्ने अवस्था नरहेको भन्दै आत्मरक्षा तालिम कार्यक्रम किशोरीहरुको लागि महìवपूर्ण कार्यक्रम भएको बताइन् ।
उक्त कार्यक्रमलाई आगामी दिनमा स्थानीय सरकारले समेत सञ्चालन गर्नु आवश्यक रहेको प्रशिक्षक कार्कीले बताइन् । उक्त तालिमको प्रशिक्षकमा पार्वती कडरिया (सुवेदी) र सुमित्रा खड्का (कार्की) रहेही थिइन् ।
तालिम समापन कार्यक्रममा तालिमका सहभागी रिस्ता कार्कीले हिंसामा प्रायजसो किशोरीहरु नै पर्ने गरेको भन्दै तालिमपछि आफूमा आत्मरक्षाको लागि साहस मिलेको बताइन् ।
त्यस्तै तालिमका अर्की सहभागी पल्लवी न्यौपानेले दुई दिनको तालिममा आत्मरक्षा सम्बन्धी ११ वटा तरिकाहरु सिकेको बताउँदै तालिम आत्मरक्षाको लागि निकै महìवपूर्ण भएको बताइन् ।
तालिम समापन कार्यक्रम बागमती प्रदेश, प्रदेश युवा परिषद प्रशासन शाखा प्रमुख आरती पौडेलको अध्यक्षता तथा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । तालिम समापन कार्यक्रममा तालिमका सहभागीहरुलाई प्रमुख अतिथि मन्थली नगरप्रमुख श्रेष्ठद्धारा प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
उक्त तालिमको उद्घाटन बुधवार मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले नै गरेका थिए । बुधवार तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले घर, समाज, विद्यालय र कलेजमा आइपर्ने अस्वभाविक हिंसाबाट बच्ने कला सिक्दा आत्मरक्षा गर्न सकिने भएकाले ध्यान दिएर तालिममा सहभागि हुन किशोरीहरुलाई आग्रह गरेका थिए । आत्मरक्षाको सीप नहुदाँ कतिपय किशोरी र महिलाहरु लैङ्गिक हिंसामा पर्ने गरेका घटनाहरु भएकाले त्यसबाट जोगिन तालिम महìवपूर्ण हुने नगरप्रमुख श्रेष्ठको भनाइ थियो ।