Logo

रामेछाप उद्योग वाणिज्य सङ्घले मनायो ३२ औँ वार्षिकोत्सव



रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घको ३२ औँ वार्षिकोत्सव मनाएको छ । सङ्घको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा सङ्घले खेलेको भूमिकाका बारेमा चर्चा गरिएको छ ।
कठिन र असुविधा भएको अवस्थामा स्थापना भएको रामेछाप उद्योग वाणिज्य सङ्घले यस बिचमा थुप्रै संस्थागत र व्यवसायिक क्षेत्रको काममा फड्को मारेको बक्ताहरुले बताएका थिए ।

रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापामगरको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रममा श्रेष्ठले रामेछाप उद्योग वाणिज्य सङ्घले व्यवसाय र उपभोक्ता दुबैको हितमा कार्य गर्दै आएको भन्दै स्थानीय सरकारले सङ्घसँगको सहकार्यमा विभिन्न कार्य गर्दै आएको उल्लेख गरे ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले वाणिज्यको क्षेत्रमा रामेछाप उद्योग वाणिज्य सङ्घले गरेको कार्यको प्रशंसा गर्दै अझै केही सुधारको आवश्यकता रहेको बताए । उनले स्थानीय प्रशासनले बजार अनुगमनको क्रममा कुनै पनि त्रुटी भेटन नदिने गरी व्यवसायमा सुद्धता तथा उपभोक्ता हितमा ध्यान दिनुपर्ने व्यवसायीहरुलाई आग्रह गरे ।


कार्यक्रममा नेपाली काँग्रेसका कार्यवाहक सभापति लेखबहादुर कार्की, नेकपा एमालेका उपसभापति होतराज ढकाल, नेकपा माओवादी केन्द्रका हेमन्त पौडेल, नेकपा एकीकृत समाजवादीका विकास पुलामी, राप्रपा नेपालका फणिन्द्र खड्का, राप्रपाका रामचन्द्र कडेल, नेपाल पत्रकार महासङ्घका दिपक घिमिरे र जिल्ला सहकारी सङ्घका हिमाल ढुङ्गेल लगायतले रामेछाप उद्योग वाणिज्य सङ्घको वार्षिकोत्सवको अवसरमा शुभकामना दिएका थिए ।

कार्यक्रममा रामेछापमा लामो समयसम्म व्यवसाय गर्दै आएका सङ्घका सदस्यहरु रामहरी उप्रेति, रामशरण चोच्छे श्रेष्ठ र महेश्वर कर्माचार्य र रामेछाप उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरु प्रकाश श्रेष्ठ, जयप्रकाश श्रेष्ठ र भिमसेन थापालाई सम्मान गरिएको थियो ।

रामेछाप जिल्लाका विभिन्न दुरदराजका झन्डै १ हजार ४ सय सदस्यहरु माझ व्यवसाय र व्यवसायीको हकहितको क्षेत्रमा काम गर्दै आएको छ । वार्षिकोत्सवकै कार्यक्रममा रामेछाप उद्योग वाणिज्य सङ्घले आफ्नो वेवसाइटको सार्वजनिक समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्