Logo

रामेछापका पत्रकार ढुङ्गेल र हायु सम्मानित



रामेछाप- नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) रामेछापले दुई पत्रकारलाई सम्मान गरेको छ । पत्रकारितामार्फत समुदायका सवाल उठान तथा खोजमूलक पत्रकारितामा योगदान पुर्‍याएका दुई पत्रकारलाई नगदसहित सम्मान गरेको हो । फोनिज रामेछापको १३ औँ साधारणसभा तथा सम्मान कार्यक्रममा पत्रकार हिमाल ढुङ्गेल र ललिता हायुलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

फोनिज रामेछापले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट आदिवासी जनजाति वर्ष पत्रकारिता पुरस्कार–२०८३ पत्रकार ललिता हायुलाई प्रदान गरेको छ । पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ । त्यस्तै, रामेछाप खोज पत्रकारिता पुरस्कार–२०८३ पत्रकार हिमाल ढङ्गेललाई प्रदान गरिएको हो । उक्त पुरस्कारको राशि ५ हजार रुपैयाँ रहेको छ ।

मन्थलीमा सोमवार आयोजित कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठद्धारा सम्मान गरिएको हो । पुरस्कृत पत्रकार ढुङ्गेल नेपाल टेलिभिजनका रामेछाप संवाददाता हुन् । त्यस्तै हायु गोरखापत्र दैनिक र रामेछापबाट प्रसारण हुने हजुरको रेडियोमा आबद्ध छन् ।

फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठका अनुसार पत्रकारितामार्फत आदिवासी जनजाति समुदायका सवाललाई प्राथमिकताका साथ उठान गर्ने तथा जिल्लाका सामाजिक, आर्थिक, राजनीतिक र समसामयिक विषयमा खोजमूलक सामग्री प्रकाशन तथा प्रसारण गर्ने पत्रकारलाई प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कार प्रदान गरिँदै आएको छ ।

उत्कृष्ट आदिवासी जनजाति वर्ष पत्रकारिता पुरस्कारको लागि रामेछापको अग्रग पत्रकार सुमित श्रेष्ठले अक्षय कोष स्थापना गरिएका हुन् भन् खोज पत्रकारिता पुरस्कार फोनिज रामेछापले संस्थागत रुपमा प्रदान गर्दै र्आका् छ ।

प्रतिक्रिया दिनुहोस्