काँग्रेस प्रबक्तामा शर्मा नियुक्त

 मङ्लबार, पुस २५, २०७४ | onlinenews
Share this

सन्तोष ढुङ्गेल/ भ्याली संवाददाता


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विश्वप्रकाश शर्मालाई पार्टी प्रवक्तामा नियुक्त गरेका छन् ।
कांग्रेसको विधान, २०१७ देखि २०७२ सम्ममा संशोधन र परिमार्जन गरी मिलाइएको धारा २४–३ बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य शर्मालाई मंगलबार पार्टीको प्रवक्ता पदमा मनोनयन गरिएको हो ।
२०७२ फागुनमा १३ औं महाधिवेशन भए पनि दुई वर्ष पछि सभापति देउवाले पदाधिकारी जत्तिकै हैसियत हुने प्रवक्ता मनोनित गरेका हुन् । नेविसंघका सभापति समेत भएका शर्मा कांग्रेसका निर्वाचित केन्द्रीय सदस्य हुन् ।
शर्मा काँग्रसभित्रको विधि र विधानमा पार्टी चल्नु पर्छ भन्ने मान्यता राख्ने नेता हुन् ।

Share this

प्रतिकृया

Add