रामेछापको लिखु तामाकोशी गाउँपालिका अध्यक्ष पक्राउ

 शुक्रबार, साउन ३०, २०७७ | onlinenews

३० साउन, रामेछाप– लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिकाद्धारा सञ्चालीत विकास निर्माण योजनमा स्थानीय उपभोक्ता समितिको पदाधिकारीलाई बन्धक बनाएर खाली चोकमा हस्तारक्ष गर्न लगाएको र ठगी गरेको अभियोगमा अध्यक्ष खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय उपभोक्ता समिति र गाउँपालका अध्यक्ष खड्काबाट ठगिएका ब्यक्तिहरुको उजुरीको आधारमा पक्राउ गरिएको रामेछापको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए । अध्यक्ष खड्कालाई प्रहरीले सदरमुकाम मन्थलीबाट पक्राउ गरेको हो ।

गाउँपालिका अध्यक्ष खड्का विरुद्ध, ठगी गरेका, शरीर बन्धक गराएको र स्थानीय उपभोक्तालाई धम्की दिएको भनि तीन वटा उजुरीहरु परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापको अनुसार स्थानीय दर्पण घिसिङले शरीर बन्धक बनाएको भनि उजुरी दिएका छन् । आपूmलाई शरीर बन्धक बनाउने कार्यमा गाउँपालिका अध्यक्षसँगै लिखुतामाकोशी गाउपालिका–५ का लालबहादुर तामाङ पनि सम्लग्न रहेको भनि दर्पण घिसिङले दिएको उजुरीको आधारमा लालबहादुर तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । गाउँपालिका अध्यक्ष खड्का र तामाङमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

Add

Comments are closed.

1 COMMENTS
  • टिका प्रसाद पौडेल

    ढिलै भए पनि राम्रो न्यूज सुन पाएकोमा thanks
    तर बजारमा न्यायधिस हरु सस्तैमा किन्न पाइने देशमा लामो खुसी मनाइएला जस्तो छैन।