पोखरा जान लागेको बिमान उड्नेबित्तिकै दुर्घटना, १८ को मृत्यु

 बुधबार, साउन ९, २०८१ | onlinenews
Share this

 

काठमाडौँ-  पोखरा जानलाई उडेको नेपाल नागरिक उड्ययन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै दुर्घटना भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नबित्तिकै जहाज दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको प्राधिकरणले जनाएको छ । उड्ने बित्तिकै जहाज दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटना ग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्दार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्राधिकरणका अनुसार सीआरजे ७ (रजिस्ट्रेसन–९एनएएमई) जहाज बिहान ११ बजेर ११ मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो । दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा १८ जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ । यस्तै पाइलट मनिषरत्न शाक्य घाइते रहेको र उनलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज पठाइएको प्राधिकरणले जनाएको छ ।

विमानमा क्याप्टेन मनिषरत्न शाक्य (घाइते) र को–पाइलट सुशान्त कटुवाल रहेका थिए । सुशान्तको मृत्यु भएको छ । विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ । आरिफ भने यमनका (विदेशी) नागरिक हुन् ।

Share this

प्रतिकृया

Add