मन्थली र खाँडादेवीमा क्षमता विकास तालिम

 बिहिबार, कार्तिक २९, २०८१ | onlinenews
Share this

रामेछाप- रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका र मन्थली नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि क्षमता विकास तालिम सम्पन्न भएको छ । तालिम समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) को आयोजनामा मन्थलीमा आयोजना गरिएको हो ।

तालिममा मन्थली नगरपालिका प्रमुख, उपप्रमुख, खाँडादेवी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरु, वडा अध्यक्षहरु, बालमैत्री स्थानीय शासनका सहजकर्ता, आइटि अफिसर, प्रहरी निरीक्षकहरु, न्यायिक सहजकर्ताहरु, शाखा प्रमुखहरु तथा वडा सचिवहरु गरी ८३ जनाको सहभागिता रहेको थियो ।

तालिमका क्रममा बाल अधिकार तथा बाल संरक्षण, बाल संरक्षणका सवालहरु, बालमैत्री स्थानीय शासन, बाल यौन दुब्र्यवहार र सुरक्षा, सामाजिक सुरक्षा कार्यक्रम, घटना दर्ता, अपाङ्गता पहिचान तथा परिचय पत्र जस्ता विषयमा छलफल भएको जिल्ला परियोजना संयोजक तिलक कार्कीले जानकारी दिए । तालिम केन्द्रीय बाल कल्याण समितिका पूर्व कार्यकारी निर्देशक तारक धिताल, सिविसका परियोजना संयोजक उमङ्ग मैनाली र तिलक कार्कीले सहजिकरण गरेका थिए ।

Share this

प्रतिकृया

Add