नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछाप- रामेछाप अस्पतालले महिनाको एक दिन विशेषज्ञ चिकित्सकसहितको सेवा सञ्चालन गर्दै आएको छ । विशेषज्ञ सेवा लिन आउने बिरामीहरु मध्ये मुटु रोगका बिरामी धेरै रहेको अस्पतालका सूचना अधिकारी ज्योति चौधरीले जानकारी दिए ।
सूचना अधिकारी चौधरीकाअनुसार कार्तिक महिनामा रामेछाप अस्पतालबाट १८२ जना बिरामीले विशेषज्ञ सेवा लिएका छन् । जसमध्ये ५३ जना मुटु रोग सम्बन्धी बिरामी आएका छन् । त्यसैगरी नाक, कान, घाटिको उपचार सेवा लिने ४६ जना, ग्यास्ट्रिकको २५ जना, गाइनो सम्बन्धी २१ जनाले विशेषज्ञ सेवा लिएका छन् ।
हरेक महिनाको एक दिन विशेषज्ञ सेवा सञ्चालन गर्दै आएको रामेछाप अस्पतालमा गत असोज महिनामा भने बाढी पहिरोका कारण विशेषज्ञ सेवा लिन आउने बिरामीको सङ्ख्या घटेको थियो । यही कार्तिक ४ गते सञ्चालन गरिएको विशेषज्ञ चिकित्सक सहितको सेवामा भने १८२ जना बिरामीले सेवा लिएको सूचना अधिकारी चौधरीले जानकारी दिए ।
चिसो मौसम सुरु भएसँगै रामेछाप अस्पतालमा उपचारमा आउने अन्य बिरामीहरुको सङ्ख्या पनि बढेको उनले बताए । अन्य समयमाभन्दा चिसो मौसम सुरु भएपछि रुघाखोकीका बिरामीहरु बढी आउने गर्दछ । रामेछाप अस्पतालमा विशेषज्ञ सेवा अन्तर्गत विशेषत्र चिककित्सकहरुद्धारा महिला तथा स्त्री रोगको पनि उपचार हुने गरेको छ ।