नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछाप- तिहारको अवसरमा शैले शिखर युवा क्लवले रामेछाप नगरपालिकामा आयोजना गरेको खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । रामेछाप नगरपालिका–८ को टुँडिखेलमा आयोजना गरिएको पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजक शैले शिखर युवा क्लबले जितेको हो ।
बिजेता बनेको आयोजक शैले शिखर युवा क्लबले नगद ५० हजार सहित ट्रफी प्राप्त गरेको छ । शैले शिखर युवा क्लब र हिमगङ्गा फुटबल क्लबबिच भएको फाइन खेलमा शैले शिखरले हिमगङ्गाको २ गोलका विरुद्ध १२ गोल गरेको थियो ।
उपविजेता भएको हिमगङ्गा फुटबल क्लबले नगद २५ हजार सहित ट्रफी प्राप्त गरेको छ भने प्रतियोगितामा खड्ग दल गण तेस्रो स्थान हासिल गरी नगद १० हजार र ट्रफी प्राप्त गरेको हो । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने टिमका खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा सान्त्वना स्थान हासिल गरेको लायन्स क्लबका खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी श्याम माझी, उत्कृष्ट गोल रक्षक अजय माझी, उत्कृष्ट डिफेन्डर भिम माझी, उत्कृष्ट गोलकर्ता करण खड्का र उदाउँदो खेलाडी ईश्वर माझी घोषित भएका छन् । उनीहरुले नगद २ हजारको साथमा मेडल र प्रमाणपत्र पाएका छन् । रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने र नगरपालिकाका प्रवक्ता समीर कार्कीले विजयी टिम तथा खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता संचालन अवधिभर सहयोग गर्ने सहयोगी संस्था तथा व्यक्तिहरुलाई समेत प्रशंसा पत्र प्रदान गरिएको थियो । आइतबारदेखि सुरु भएको प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए । शैले शिखर युवा क्लब रामेछाप नगरपालिका–७ सिम्लेको आयोजना र डिआरएम अटो स्पेयर पार्ट एण्ड वर्कशपको सहआयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो ।