नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछाप- राष्ट्रिय फोटो पत्रकार समूह नेपालको रामेछाप शाखा देशभरकै उत्कृष्ट शाखा बन्न सफल भएको छ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालको २७ औँ वार्षिक साधारण सभा तथा १३ औँ केन्द्रीय अधिवेशनको अवसरमा शनिवार रामेछाप शाखालाई देशकै उत्कृष्ट शाखाको रुपमा सम्मान गरिएको हो ।
रामेछापलाई देशभरकै उत्कृष्ट शाखा घोषणा गर्दै प्रसंसा पत्रद्धारा सम्मान गरिएको हो । खानेपानी मन्त्री प्रदीप यादवद्धारा प्रदान गरिएको उक्त प्रसंसा पत्र देशकै उत्कृष्ट बन्न सफल रामेछाप शाखाका अध्यक्ष मिलन बि.क.ले ग्रहण गरेका थिए ।
संस्थाको स्थापना कालदेखि नै जिल्ला शाखा रामेछापले संस्थाको श्रीबृद्धि, हकहित तथा प्रचारप्रसारमा गरेको उत्कृष्ट कर्यको उच्च मूल्याङ्कन गर्दै रामेछाप शाखालाई उत्कृष्ट शाखा घोषणा गरिएको राष्ट्रिय फोटो पत्रकार समूह नेपालले जनाएको छ ।
रामेछाप जिल्ला शाखा देशकै उत्कृष्ट घोषित भएपछि संस्थाको थप बृद्धि विकास तथा फोटो पत्रकारिता मार्फत सामाजिक विकास र रुपान्तरणको लागि काम गर्ने हौसला मिलेको रामेछाप शाखा अध्यक्ष मिलन बि.क.ले बताए । संस्थाको वार्षिक साधारण सभा तथा केन्द्रीय अधिवेशनको अवसरमा विभिन्न विधामा अन्य ५ जना फोटो पत्रकारहरुलाई पनि सम्मान गरिएको छ ।