मन्थली नगरपालिकाले बनायो ११ वटा कानून

 शुक्रबार, जेष्ठ ४, २०७५ | onlinenews
Share this

  रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिकाले एक वर्षकोबीचमा अत्यावश्यक ११ वटा कानुनहरु निर्माण गरेको छ ।
नगरपालिकाले निर्माण गरेको कानून नगरसभाबाट पारित भइसकेको नगरपालिकाकी उपप्रमुख माया कार्कीले जानकारी दिइन् ।
उपप्रमुख कार्कीका अनुसार यसअघि बनाएर कार्यान्वयनमा ल्याइएको न्यायिक समितिको कार्यविधि केही संसोधन गरि पारित गरिएको छ । सोही कार्यविधिमा रहेर नगरपालिकाले न्याय सम्पादनको काम गर्ने छ ।
छापाखाना, रेडियो सञ्चालन तथा अनुगमन कार्यविधि नियमावली, सरकारी ऐन, आधारभूत तथा माध्यामिक शिक्षा ऐन, स्थानीय स्वास्थ्य तथा सरसफाई ऐन, कार्यपालिकाको निर्णय, आदेश, अधिकार प्रत्यायोजन सम्बन्धि ऐन नगरसभाले पारित गरेको हो ।
समानिकरण कार्यविधि नियमावली, संस्थागत ऐन, पदाधिकारी आचारसंहिता ऐन, बजार अनुगमन निर्देशिका, नगर प्रहरी नियमावली र स्थानीय राजपत्र प्रकाशन कार्यविधि पनि नगर सभाले पारित गरेको उपप्रमुख कार्कीले बताइन । ऐनहरु बनेपछि कार्यसम्पादन गर्न सहजता भएको पनि कार्कीले बताइन ।

Share this

प्रतिकृया

Add