मिल्ती–खुर्कोट सडकखण्ड दैनिक चार घण्टा बन्द

 शुक्रबार, जेष्ठ ४, २०७५ | onlinenews
Share this

रामेछाप- रामेछाप जिल्लाको मिल्ती–खुर्कोट सडक खण्डमा दैनिक चार घण्टा यातायात बन्द गर्न थालिएको छ ।
रामेछापको मिल्ती–खुर्कोट सम्मको सडक खण्डमा आवधिक मर्मत कार्य भइरहेकाले दिनको चार घण्टा सडक बन्द गरेर मर्मतको कामलाई अघि बढाइएको सडक डिभिजन कार्यालय खुर्कोट सिन्धुलीले जनाएको छ ।
जेष्ठ १ गतेदेखि १५ गते सम्मको लागि दैनिक बिहान ११ बजेदेखि १ बजेटसम्म र दिउसो २ बजेदेखि ४ बजेसम्म गरि दैनिक ४ घण्टा सडक बन्द गरिएको डिभीजन कार्यालय खुर्कोटले जानकारी दिएको छ ।
सडक बन्द हुने समयमा वैकल्पिक बाटो प्रयोग गरि मर्मत कार्यलाई सघाउन पनि सो कार्यालयले आग्रह गरेको छ ।

Share this

प्रतिकृया

Add