तामाकोशीको शेयर स्थगित गर्न माग गर्दै विरोध प्रदर्शन

 बुधबार, साउन १६, २०७५ | onlinenews
Share this

दोलखा- दोलखाबासीको लागि आह्वान गरिएको माथिल्ला तामाकोसीको शेर बन्द गर्न माग गर्दै अपर तामाकोशी शेयर सरोकार संयुक्त सँघर्ष समितिले विरोध प्रदर्शन गरेको छ ।
शेयर निष्कासनको निर्णय पुनर्विचार गरि जनपक्षीय माग पुरा गर्न आग्रह गर्दै खुला गरिएको शेर तत्का रोक्न संघर्ष समितिले आग्रह गरेको छ ।
शेयर सम्बन्धी वर्गिकृत विभेद खारेज गर्नुपर्ने, अधिकतम ३० हजारको रकम सिमा घटाउनुपर्ने, विदेशमा रहेका दोलालीले शेयर हाल्न पाउने सहज व्यवस्था गर्नुपर्ने, सहज ऋण उपलव्ध गराउनुपर्ने, वडा–वडामा शेयर संकलन केन्द्रको व्यवस्था गर्नुपर्ने र जिल्ला बाहिर रहेका दोलखाबासीले सोही स्थानबाट शेयर हाल्न पाउनुपर्ने लगायतका माग राख्दै विरोध प्रदर्शन गरेको हो ।
शेयर खुला गरिएको विरोधमा चरिकोटस्थित सातदोबाटोमा आयोजना गरिएको कोणसभालाई संवोधन गर्दै संघर्ष समितिका संयोजक वर्मा लामा, सहसंयोजक हिरा थोकर र सचिव बद्रीकुमार चौलागाईले प्रतिकुल समयमा शेयर निष्कासन भएको भन्दै स्थगित गर्न माग गरेका छन् ।
संघर्ष समितिका संयोजक लामाले प्रतिकुल समयमा निष्कासन गरीएको शेयर जनहितको लागि नभई जनतालाई झन गरिब बनाउने षडयन्त्र भएको भन्दै आपूmहरुको माग सम्बोधन नभए २१ गतेबाट सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
नेपाली कांग्रेस दोलखाका जिल्ला सचिव सन्तोष रिमाल, भिमेश्वर नगरपालिका वडा नम्वर ६ का अध्यक्ष नविन लामा लगायत उपस्थिति रहेको थियो ।
समितिले यसअघि १४ गते पनि विज्ञप्ति जारी गरी उपयुक्त समयमा शेयर निष्कासन गर्न सम्बन्धित निकायको ध्यानार्कषण गराएको थियो । त्यसअघि दोलखाका नागरिक समाजका अगुवाहरुले पनि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर प्रतिकुल समयमा आह्वान गरिएको भन्दै स्थगित गर्न माग गरेका थिए ।
माथिल्लो तामाकोशीको शेयर दोलखाका सर्वसाधरणका लागि बुधबारबाट खुला गरिएको थियो । शेयर खुला गरिएकै दिन संघर्ष समितिले विरोधसभा गरेको हो ।

Share this

प्रतिकृया

Add