नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछापः खाँडादेवीमा रहेको महिला सहकारी संस्थाका प्रतिनिधिहरुलाई पाँच दिने नेतृत्व तथा संस्थागत विकास लागि तालिम दिएको छ । खाँडादेवि गाउँपालिका अन्तर्गत ९ वटा वडाका महिला सहकारी संस्थाका प्रतिनिधिहरुलाई तालिम दिइएको हो ।
सहकारीका पदाधिकारीलाई, सहकारी अवधारणा र व्यवस्थापनका लागि आवश्यक पर्ने ज्ञान सीप दिनुका साथै संस्थागत विकासकाको लागि नेतृत्व विकास गर्ने उद्देश्यले तालिम दिइएको सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाइ परियोजना संयोजक तिलक कार्कीले जानकारी दिए ।
तालिममा सहकारी अवधारणा, नेतृत्व, सञ्चालक समितिको काम, कर्तव्य र भूमिका, संस्थागत विकास, भावि योजना निर्माण लगायतको विषयमा जानकारी गराइएको थियो ।
तालिमको सहजिकरण महिला विकास निरीक्षक रमाकुमारी तामाङ, सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तीकरणः स्वास्थ्य तथा सरसफाई परियोजनाका परियोजना संयोजक तिलक कार्कीले गरेका थिए । तालिममा ९ वटा महिला सहकारी संस्थाका २८ जना पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।