नियोक रामेछापको संयोजकमा नयाँघरे

 आइतवार, चैत्र १३, २०७३ | onlinenews

चैत्र १३, रामेछाप । निर्वाचन पर्यवेक्षण समिति (नियोक) रामेछापको जिल्ला समितिको संयोजकमा बद्रि नयाँघरे चयन भएका छन् । शनिबार सदरमुकाम मन्थलीमा बसेको नियोकको बैठकले नयाँघरेलाई संयोजकमा चयन गरेको छ ।
नियोकका जिल्ला संयोजक रामचन्द्र कँडेलले आफनो व्यवहारिक कारण देखाउँदै पदबाट राजीनामा दिएपछि यस अघि महासचिव रहेको नयाँघरेलाई संयोजकमा चयन गरिएको हो ।
त्यसैगरि विष्णुलक्ष्मी उप्रेतिलाई बैठकले सह–संयोजक पदमा मनोनयन गरेको पनि समितिले जानकारी दिएको छ । अगुवा संस्थाहको सहभागिता रहेको यस संस्थाले विगतका निर्वाचनहरुमा पनि देशभर सबैजसो मतदान केन्द्रको स्थलगत रुपमा पर्यवेक्षण गर्दै आएको छ । नियोक जिल्ला समिति रामेछापले पनि यस अघि दुई वटा संविधानसभाको निर्वाचनको समेत पर्यवेक्षण गरिसकेको छ ।
नियोकका  अन्य पदाधिकारीहरुमा  कोषाध्यक्षमा सीता विक चयन भएकी छन् भने  क्षेत्र नं १ को संयोजकमा हरिशरण सुवेदी र क्षेत्र नं २ को संयोजकमा दिपक भट्टलाई चयन गरिएको छ । त्यसैगरि समितिका सदस्यहरुमा मुकुन्द प्रसाई, मिरा घिमिरे, केशव दाहाल, रामचन्द्र वस्नेत लगायत रहेका छन् । नियोक केन्द्रीय समितिको निर्देशन अनुसार आगामी बैठकले जिल्ला समिति सदस्यहरु थपघट गर्न सक्ने पनि निर्णय गरेको छ । अर्को बैठकले समितिले आफना भावि गतिविधि र कार्यक्रम तय गर्ने निर्णय भएको पनि संयोजक नयाँघरेले जानकारी दिएका छन् ।

प्रतिकृया

Add