नेपाली कांग्रेस रामेछापले पकरबासमा ग¥यो श्रद्धाञ्जली सभा

 मङ्लबार, चैत्र १५, २०७३ | onlinenews
Share this

 चैत्र १५, रामेछाप । नेपाली काँंग्रेस रामेछापले स्वर्गीय नेता एवं पूर्व कृषि सहायक मन्त्री रामहरी ढुङ्गेलको १३ औँ पुन्यतिथिको सन्दर्भमा मंगलबार पकरवासमा श्रद्धाञ्जली सभा गरेको छ ।
उनको जन्मस्थान पकरवासको ठाँटीमा आयोजना गरिएको श्रदाञ्जली सभामा बोल्ने नेताहरुले रामहरी सादा र सादगि नेता भएको बताएका थिए ।
वक्ताहरुले प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय ढुङ्गेलले पु¥याएको  योगदानको पनि चर्चा गरेका थिए । स्वार्गीय ढुङ्गेलको असमायिक निधनले शोकमा डुवेको रामेछाप नेपाली काँग्रेस र आफन्तजनको भावुकताले मंगलवार दिनभर ठाँटिको कार्यक्रम स्थल शोकाकुल बन्यो ।
कार्यक्रम सञ्चालनको क्रममा नेपाली काँग्रेस रामेछापका सचिव लेखबहादुर कार्की डाँको छोडेर रोएका थिए भने श्रद्धाञ्जली सभालाई संवोधन गर्ने काँग्रेसका सबैजसो नेताहरु भक्कान्निदै भाषण गरेका थिए ।
श्रद्धाञ्जली सभामा काँग्रेस इतरका नेताहरुले पनि स्वर्गीय ढुङ्गेलले प्रदान गरेको कुशल नेतृत्व र प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको  योगदानको खुलेर चर्चा गरेका थिए  ।
कार्यक्रमा प्रमुख अतिथि एवं पूर्व जलश्रोत राज्यमन्त्री लक्ष्मणप्रसाद घिमिरले प्रजातन्त्रको संस्थागत विकास र नेपाली समाजको आमूल परिवर्तनका लागि स्वर्गीय ढुङ्गेलले गरेका समर्पणलाई  नेपाली काँग्रेसले जीवन पर्यन्त पनि स्मरण गरिरहने बताए ।
नजिकिँदै गरेको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका कार्यकर्तालाई एक ढिक्का भएर लाग्न पनि आग्रह गरे । रामेछापको काँग्रेस एक भएर निर्वाचनमा विजय प्राप्त गरेमात्र स्वर्गीय ढुङ्गेलप्रति सच्चा श्रदाञ्जली हुने घिमिरेले बताए ।
त्यसैगरि नेपाली काँग्रेस रामेछापका पूर्व सभापति रामचन्द्र खड्काले ढुङ्गेलको मृत्युले उनको परिवारलाई मात्र नभई सिंगो नेपाली काँग्रेलाई समेत अपूरणीय क्षति पुगेको बताए ।
प्रजातन्त्र प्राप्तिका लागि आफ्नो सबै जीवन पार्टीमा समर्पण गरेकाले उनी आफ्ना परिवारमा मात्र नभएर, पार्टीका कार्यकर्ता र अन्य पार्टीका समकक्षीहरुमा समेत अजर र अमर रहने खड्काले बताए ।
माता हेमगंगा ढुङ्गेल र पिता चन्द्रराज ढुङ्गेलको कोखबाट २०१२ सालमा रामेछापको पकरवासमा जन्मिएका ढुङ्गेलका ५ दाजुभाई र २ दिदीवहिनी छन् । परिवारको माइलो छोराको रुपमा जन्मिएका उनले आफ्नो सबै जीवन राजनीतिक र सामाजिक परिवर्तमा समर्पण गरे ।
 पञ्चायत व्यवस्थाका विरुद्ध कांग्रेसले चलाएको आन्दोलनदेखि राजनीतिमा सक्रिय भई, नेपाल विद्यार्थी संघ हुँदै कांग्रेसका विभिन्न तहमा बसेर जिम्मेवारी सम्हाल्ने क्रममा पटक–पटक जेल जीवन समेत विताएका ढुङ्गेल कृष्णप्रसाद भट्टराइसँग बढी प्रभावित थिए ।
२०५६ सालमा रामेछापको क्षेत्र नम्बर २ बाट सांसदमा भएका ढुङ्गेल २०५८ सालमा गिरीजाप्रसाद कोइरालाको मन्त्रीमण्डलमा कृषि सहायक मन्त्री बनेका थिए ।
मंगलबार पकरबासमा आयोजित श्रद्धाञ्जली सभालाई संवोधन गर्न नेपाली काँगेसका महामन्त्री डा. शसांक कोइराला आउने भनिए पनि आजै केन्द्रीय कार्य समितिको बैठक परेको भन्दै कोइराला नआएपछि प्रमुख अतिथिका रुपमा लक्ष्मणप्रसाद घिमिरे आएका थिए ।
नेपाली काँग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले स्वर्गीय ढुङ्गेल निडर र निस्वार्थी नेता भएको बताए । राजनेताहरुले समेत स्वर्गीय ढुङ्गेलको जीवनबाट सिक्नुपर्ने बताए ।

Share this

प्रतिकृया

Add