म्यादी प्रहरीमा भर्ना हुन आएका युवाको कोशीमा डुबेर मृत्यु

 शुक्रबार, चैत्र १८, २०७८ | onlinenews

रामेछाप । म्यादी प्रहरीमा भर्ना हुन आएका रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका एक युवाकोको तामाकोशी नदीमा डुवेर मृत्यु भएको छ । दोरम्बा शैलुङ्ग गाउँपालिकाका–२ का इशान विकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
१९ वर्षीय इशान शुक्रबार पौडी खेल्ने तामाकोशी नदीमा गएा थिए । सदरमुकाम मन्थली नगरपालिका वडा नं. १ हाटेचौरस्थित तामाकोशी नदीमा बिहान ११ बजे पौडी खेल्ने क्रममा नदिमा डुबेर बेपत्ता भएका थिए । बेपत्ता भएका वि.क.को खोजी गर्ने क्रममा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया

Add