सञ्जाल संस्थाका पदाधिकारीहरुलाई प्रस्ताव पत्र लेखन तालिम

 आइतवार, जेष्ठ १५, २०७९ | onlinenews

ओखलढुङ्ग– ओखलढुंगा जिल्लाको लिखु र चम्पादेवी गाउँपालिकाको सामुदायिक संस्थामा आधारित संजाल संस्थाहरुको पदाधिकारीहरुको लागि २ दिने प्रस्ताव पत्र लेखन तालिम आइतबार सम्पन्न भएको छ ।
साहस नेपालद्धारा संचालित स्थानीय प्रयासमा खाद्य सुरक्षा रुपान्तरण परियोजनाको आयोजनामा संचालन भएको उक्त तालिममा बीएफडीडब्लु जर्मर्नीको आर्थिक सहयोग रहेको छ ।


लिखु गाउँपालिकाको कार्यालय यसम्मा सम्पन्न भएको तालिममा १५ जना सहभागिहरुको उपस्थिति रहेको परियोजना अधिकृत होम बहादुर विश्वकर्माले जानकारी दिनुभयो । स्थानीय स्तरमा प्रस्ताव पत्र पेश गर्न आवश्यक पर्ने विषयहरु समेटी संचालन भएको प्रशिक्षण कार्यक्रममा रामेछापका जेण्डर मास्टर प्रशिक्षक गम्भीर राज दंगालले सहजिकरण गर्नुभएको थियो । तालिमको समापन कार्यक्रममा सहभागीको तर्फबाट मन्तव्य राख्दै लिखु एकिकृत विकास समाज नेपालका अध्यक्ष हरि कुमार कार्कीले सामान्य कृषि अनुदान देखि गाउँपालिकामा कार्यक्रम माग गर्न सम्म प्रस्ताव पत्र अपरिहार्य भएकाले परियोजनाले समय सापेक्ष उचित तालिम संचालन गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

प्रतिकृया

Add