प्राविधिकसहितको टोलीले गर्यो खुर्कोट पुलको निरीक्षण
शुक्रबार, अशोज १८, २०८१
काठमाडौं– भारतीय सीमा सुरक्षा बल एसएसबीले भारतीय भूमिबाट हानेको गोली लागेर नेपाली नागरिकको मृत्यु भएसँगै कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्र सुन्दरबजारमा तनाव कायम छ ।
तनावका कारण हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले पुनर्वासस्थित आनन्द बजारलगायत आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको जनाएकाे छ ।
मृतक गोविन्द गौतमको शव पोष्टमार्टम गरेर शनिबार घर लगिने भएकाले कुनै अप्रिय घटना नहोस् भनि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
सरकारले हिजो मृतकलाई शहीद घोषणा र राहत स्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।
घटनापछि नेपालमा भारत विरोधी भावना फेरि एक पटक बढेको छ भने दिल्लीदेखि काठमाडौंसम्म तरंग पैदा भएको छ ।
From onlinekhabar.com