लम्पी स्किनबाट खाँडादेवीम २० चौपाया मरे

 मङ्लबार, असार २६, २०८० | onlinenews

रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिकामा लम्पी स्किन संक्रमणबाट २० पशु चौपाया मरेका छन् ।

पालिकाको ९ वटै वडाहरुमा यो रोग फैलिएको गाउँपालिका पशुपन्छी विकास शाखले जनाएको छ ।

लम्पी स्किन संक्रमणबाट गोरु थला पर्ने र मर्ने भएपछि धेरैजसो वडाहरूमा रोपाइँ समेत प्रभावित भएको पशुपन्छी विकास शाखा पशु स्वास्थ्य चिकित्सक रमिता तामाङले बताइन् ।

‘रोग निको भएका गोरुलाई पनि तत्कालै जोत्न नहुने भएकाले गोरु लगाएर खेती गरिने खाँडादेवी गाउँपालिकाको अधिकांश वडामा धान रोपाइँ तथा अन्य खेती लगाउन समस्या भएको किसानहरुको गुनासो छ ।

पशु स्वास्थ्य चिकित्सक तामाङकी अनुसार गाउँपालिकाले संक्रमणग्रस्त क्षेत्रमा निःसङ्क्रमण, उपचारको काम गरिरहेको छ ।

खाँडादेवी गाउँपालिकामा अहिलेसम्म १ हजार ५ सय पशु चौपायामा लम्पी स्किन सङ्क्रमण फैलिएको छ ।

लम्पी स्किन रोग रोकथामको उपाय भनेको खोप नै भएकाले गाउँपालिकाले ४ हजार डोज खोप खरिद गरी बढी सङ्क्रमण फैलिएका वडाका गाई, गोरु र भैँसीमा लगाएको लामाले बताइन् ।

पशुपन्छी विकास शाखाका अनुसार खाँडादेवी गाउँपालिकाको वडा नं १, २, ३ र ४ नम्बर वडामा बढी मात्रामा लम्पी स्किन सङ्क्रमण फैलिएको छ ।

प्रतिकृया

Add