चितुवाले खोरभित्रै पसेर खसी मारेपछि स्थानीयमा त्रास

 शुक्रबार, असार २९, २०८० | onlinenews

रामेछाप– रामेछाप जिल्लाको रामेछाप नगरपालिका–८ तामाङ टोलमा चितुवाले खोरभित्रै पसेर खसी मारिदिएको छ । चितुवा खोरभित्रै पसेर खसी बाख्रा मार्न थालेपछि स्थानीयमा त्रास पैmलिएको छ । बिहीवार राती स्थानीय मोहन तामाङको २ वटा खसी चितुवाले खोरभित्रै पसेर मारेको वडाअध्यक्ष सन्तोष तामाङले जानकारी दिए ।

साँझ परेपछि चितुवा ठूलो आवाजले कराउँदै गाउँ पस्ने र खोरमा बाँधेर रखिएका खसी बाख्रा मार्न थालेपछि स्थानीय त्रसित बनेका हुन् । एक्लै हिडेका मानिससँग चितुवा भेट भए आक्रमणको प्रयास गर्ने तथा लखेट्ने गरेको स्थानीयको भनाइ छ ।

स्थानीयका अनुसार टाटेपाटे रङको बाघजस्तै देखिने ठूलो चितुवा र त्यसको सानो बच्चा चितुवा गाउँ पसेका छन् । डिभिजन वन कार्यालय रामेछापका प्रमुख ओमसागर भण्डारीका अनुसार चितुवाले गाउँ पसेर थप क्षति गर्न थाले नियन्त्रणमा लिने प्रयास गरिने छ । उनले बालबालिकालाई एक्लै नछाड्न, घर नजिक रहेको झाडी सफा गर्न र अध्यारोमा नहिँड्न स्थानीयहरुलाई आग्रह समेत गरेका छन् ।

प्रतिकृया

Add