प्राध्यापक तथा लेखक आचार्यको निधन

 सोमवार, साउन १, २०८० | onlinenews

 

रामेछाप- लामो सयमदेखि रामेछाप जिल्लामा अध्यापन गर्दै आएका प्राध्यापक तथा लेखक पेशल आचार्यको निधन भएको छ । नेपाली भाषको अब्बल शिक्षक आचार्यको निधनले नेपाली भाषी विद्यार्थीका लागि अपुरणिय क्षति हुन पुगेको छ ।
आचार्य शिक्षण पेशासँगै पछिल्लो समय समसायिक राजनीतिक तथा सामाजिक विषयमा लेख तथा साहित्य रचनाको माध्ययमबाट खरो कलम चाउँदै आएका थिए । उनी नेपाली साहित्यमा समेत दख्खल राख्दथे ।
‘ब्रेन ट्युमर’ र सोही रोगको क्यान्सरबाट पीडित आचार्य एक महिनाअघि अस्पताल भर्ना भएका थिए । आचार्यको सोमवार उपचारको क्रममा अस्पतालमै निधन भएको हो । आचार्यको मेडिसिटी अस्पताल काठमौँमा १ महिनाकोबिचमा पटक–पटक अपरेशन गरिएको थियो ।
२०४८ सालमा रामेछाप दोरम्बाको काकलिङ् माध्यमिक विद्यालयबाट रामेछापमा शिक्षण पेशा सुरु गरेका आचार्य हाल मन्थली माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक थिए । आचार्य रामेछाप जिल्लाबाट प्रकाशित अक्षता राष्ट्रिय दैनिक पत्रिकाका भाषा सम्पादक समेत हुन् ।

प्रतिकृया

Add