८,८९६ थान हातहतियार नष्ट

 बिहिबार, साउन ११, २०८० | onlinenews

काठमाडौं । नेपाल प्रहरीले विभिन्न समयमा बरामद भएका ८ हजार ८ सय ९६ थान हातहतियार नष्ट गरेको छ ।
विभिन्न मिति र स्थानबाट जफत भएका हातहतियार कानून बमोजिम नष्ट गरिएको हो । कानून बमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा वेवारिसे भरुवा बन्दुक ६ हजार ७४ थान, बाह्र बोर १ सय ७७ थान, विभिन्न प्रकारका पेस्तोल १ हजार ७६ थान, म्याग्नम २ सय ३२ थान, एयरगन २९ थान, सर्टगन २ सय २९ थान, थ्रीनटथ्री राइफल ६ सय २६ थान, रिभल्भर ३ सय ३४ थान, ग्यासगन १० थान, हर्नेट २५ थान र नाम नखुलेको ८४ थान गरी जम्मा ८ हजार ८ सय ९६ थान हातहतियार कानून बमोजिम नष्ट गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिकृया

Add