६० वर्षीय वृद्धले गरे विष सेवन

 बिहिबार, साउन १८, २०८० | onlinenews

 रामेछाप – रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ गुन्सीका ६० वर्षीय वृद्धले विष सेवन गरेका छन् । विष सेवन गरेका दोरम्बा शैलुङ गाउँपालिका–१ मेग्रेका ६० वर्षीय वृद्ध चन्द्रबहादुर कार्कीको स्वास्थ्य अवस्था गम्भीर रहेको उनका ज्वाइँ राजन खड्काले जानकारी दिए ।

लामो समयदेखि प्यारालाइसिसबाट पीडित चन्द्रबहादुरले आफ्नै घरमा मेटासिट खाएको पारिवारिक स्रोतले जनाएको छ ।
विष सेवनबाट स्वास्थ्य अवस्था गम्भीर भएका चन्द्रबहादुरको काठमाडौँको क्रिस्ट अस्पतालमा उपचार भइरहेको ज्वाइँ राजनले जानकारी दिए । आइसियुमा उपचार भइरहेको कार्कीको स्वास्थ्यमा केही सुधार आएको उपचारमा लम्लग्न चिकित्सकलाई उद्धृत गर्दै राजनले बताए ।

प्रतिकृया

Add