मरिदा बिक्रीका लागि समय निर्धारण

 बिहिबार, साउन २५, २०८० | onlinenews

रामेछाप- रामेछापको सुनापति गाउँपालिका–१ गुन्सीमा मदिराजन्य वस्तु बिक्रीका लागि समय तोकिएको छ । मदिरा बिक्री वितरणको लागि साँझ ५ बजेदेखि ९ बजेसम्म समय निर्धारण गरिएको वडा अध्यक्ष ध्रुवप्रसाद चौलागाईँले जानकारी दिए । वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, स्थानीय समाजसेवी तथा बुद्धिजीवी र स्थानीय व्यापारीसहित सर्वदलीय भेलाले बजारमा मदिरा बिक्री वितरणको लागि समय निर्धारण गरेको वडाध्यक्ष चौलागाईँले बताए । मदिरा बिक्री वितरण गर्ने होटल तथा पसलहरुलाई वडाले पत्राचार समेत गरिसकेको वडा कार्यालयले जनाएको छ ।

सुनापती गाउँपालिकामा २०७९ कार्तिक २ गतेदेखि सार्वजनिक स्थलमा धूम्रपान तथा मद्यपान निषेध गरिएको थियो । तर गाउँपालिकाले गरेको निर्णय पनि कार्यान्वयनमा चुनौती देखिएको स्थानीयको भनाइ छ ।
त्यसैगरी वडाको सर्वपक्षीय भेलाले ‘मादक पदार्थ सेवन गरी अनावश्यक होहल्ला गरेमा नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाउने समेत निर्णय गरेको छ ।
वडाभित्रका पसल क्षेत्रबाट निस्किएका फोहोर व्यवस्थापन पसल सञ्चालक आफँैले गर्नुपर्ने र दर्ता नभइ सञ्चालनमा रहेका पसलहरु तत्काल दर्ता गरि सञ्चालन गर्नुपर्ने निर्णय गरेको वडा अध्यक्ष चौलागार्इँले जानकारी दिए ।

प्रतिकृया

Add