रामेछापमा विदेशी पर्यटकलाई स्वागत

 बिहिबार, अशोज ११, २०८० | onlinenews

रामेछाप- रामेछाप होटल तथा पर्यटन व्यवसायी सङ्घ रामेछापले भ्रमणमा आएका विदेशी पर्यटकहरुलाई रामेछापको सदरमुकाम मन्थलीमा स्वागत गरेको छ ।

सोलुखुम्बुको लुक्ला तथा सगरमाथाको आधार शिविर जान रामेछाप विमानस्थल आएका विदेशी पर्यटकहरुलाई विश्व पर्यटन दिवसको अवसरमा रामेछाप होटल तथा पर्यटन व्यवसायी सङ्घले विमानस्थलमै पुगेर स्वागत गर्नुका साथै विश्व पर्यटन दिवसको शुभकामना आदानप्रदान गरेको हो । जिल्लाको पर्यटन प्रवर्धनमा सहयोग पु¥याउने उद्देश्यले पर्यटकहरुलाई स्वागत गरिएको रामेछाप होटल तथा पर्यटन व्यवसायी सङ्घको भनाइ छ ।

लुक्ला जानका लागि रामेछाप विमानस्थल आएका विदेशी पर्यटकहरुलाई विश्व पर्यटन दिवसको अवसरमा अबिर र खादा लगाएर सम्मान गरिएको थियो । रामेछाप होटल तथा पर्यटन व्यवसायी सङ्घले सम्मान गरेको पर्यटकहरुले खुसी व्यक्त गरेका थिए । पर्यटक स्वागत कार्यक्रममा तामाकोसी अस्पतालका निर्देशक डाक्टर सुमन कर्माचार्याले विश्व पर्यटन दिवस र रामेछाप होटल तथा पर्यटन व्यवसायी सङ्घले पर्यटकहरुलाई सम्मान गर्नुको उद्देश्यबारे प्रस्ट्याएका थिए ।
जिल्लाको सदरमुकाम मन्थलीमा रहेको रामेछाप विमानस्थलबाट सोलुखुम्बुलको तेन्जिङ हिलारी विमानस्थलका लागि वर्षको २ पर्यटकीय सिजनमा उडान हुँदै आएको छ ।

(शरद ऋतु) असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म र (वसन्त ऋतु) को चैतदेखि जेठ महिनासम्म रामेछाप विमानस्थल मार्फत सोलुखुम्बुको लुक्ला जाने पर्यटकको लागि उडान भर्ने गरिएको छ । यस वर्षको पहिलो पर्यटकीय सिजन सुरु भएसँगै लुक्ला जान रामेछाप आएका विदेशी पर्यटकहरुका लागि रामेछाप होटल तथा पर्यटन व्यवसायी सङ्घले स्वागत कार्यक्रम राखेको हो ।

प्रतिकृया

Add