खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन

 आइतवार, मंसिर १७, २०८० | onlinenews

 

रामेछाप-  सुनापति गाउँपालिका–२ दिमीपोखरीमा वडा स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिएको छ । वडा अध्यक्ष पदमबहादुर थापामगरको संयोजकत्वमा १९ सदस्यीय समिति गठन गरी वार्षिक कार्ययोजना तय गर्नुका साथै अभिमुखीकरण समेत गरिएको छ ।

 

वडा अध्यक्ष थापा मगरको संयोजकत्वमा गठन गरिएको समितिको सदस्य सचिवमा भगवती श्रेष्ठ रहेकी छन् । अन्य सदस्यहरुमा अविना लामा (कार्यपालिका सदस्य), वडा सदस्यहरु लालबहादुर तामाङ, देबबहादुर मगर, कुमारी विक, प्रवलकुमार योञ्जन (स्वास्थ्य चौकी इन्चार्ज), अन्जिता रिमाल (सामुदायिक स्वास्थ्य इकाई इन्चार्ज), पुरन विक (अस्थायी प्रहरी पोष्ट गाल्वाका इन्चार्ज), अनिताकुमारी लामा (महिला स्वास्थ्य स्वयंसेविका), भक्तबहादुर श्रेष्ठ (सामुदायिक वन उपभोक्ता समिति) रहेका छन् ।

 

त्यसैगरी सिंहबहादुर घिसिङ (होटल व्यवसायी), अर्जुन रायमाझी (स्थानीय व्यापारी), साइली तामाङ (स्वास्थ्य आमा समूह), इन्द्रमाया श्रेष्ठ (महिला सहकारी), प्रतिमा मगर (बाल समुह संजाल), ङेमा लामा (प्रधानाध्यापक), ज्ञानबहादुर थापा मगर (टोल सुधार समिति) र कर्णबहादुर मगर (खानेपानी तथा सरसफाई उपभोक्ता समिति) रहेका छन् ।


अभिमुखीकरण कार्यक्रममा खानेपानी तथा सरसफाइका क्षेत्रमा भएका अन्तर्राष्ट्रिय, राष्ट्रिय वैधानिक प्रावधान, पूर्ण सरसफाइका सूचकहरु, व्यक्ति, परिवार, समाज, विद्यालय, स्वास्थ्य संस्था, राजनैतिक दल, स्थानीय सरकारका भूमिका विषयमा छलफल भएको वडा अध्यक्षता तथा समितिका संयोजक पदमबहादुर थापामगरले जानकारी दिए ।

 

वडास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको काम, कर्तव्य र भूमिका विषयमा छलफल गर्दै वार्षिक कार्ययोजना समेत तय भएको थापामगरले बताए । जसमा मासिक रुपमा वडाभरीका प्लाष्टिकजन्य र सिसाजन्य फोहोर संकलनलाई निरन्तरता दिने, डम्पिङ साइडको व्यवस्था गर्ने, खानेपानी मुहान, संस्थागत अनुगमन गर्ने, सार्वजनिक शौचालय निर्माण गर्ने, साविकका वडाहरुमा कार्ययोजना बनाइ स्वास्थ्य र पूर्ण सरसफाइ अभिमुखीकरण गर्ने, स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने, पालिकाको स्वास्थ्य तथा सरसफाइ अभियानमा सहयोग गर्ने लगायतका कार्ययोजना रहेका छन् ।

कार्यक्रम सुनापति गाउँपालिका–२ को वडा कार्यालय दिमीपोखरीको समन्वय र सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तीकरणः स्वास्थ्य तथा सरसफाइ परियोजनाको आयोजनामा भएको थियो । कार्यक्रमको सहजिकरण सामुदायिक विकास समाजका परियोजना संयोजक तिलक कार्कीले गरेका थिए ।

प्रतिकृया

Add