आर्थिक अभावले उपचारमा समस्या

 सोमवार, मंसिर १८, २०८० | onlinenews

 

रामेछाप- रामेछाप जिल्लाको रामेछाप नगरपालिका–४ धारापानी बसेरीका २६ वर्षिय दुर्गा लाम्गाले टिचिङ अस्पताल महाराजगञ्जमा ब्रेन ट्यूमरको उपचार गराइरहेका छन् ।
स्नायू प्रणालीमा (ब्रेन ट्यूमर) भई उपचार गराइरहेका लाम्गादेको पैसाको अभावमा अपरेशन गर्न नसकी उनका परिवार पैसाको खोजीमा भौतारिरहेका छन् । अपरेशनको लागि पैसा जुटाउन नसकिएको भन्दै लम्गादेका परिवारले सहयोगी मनहरुमा आर्थिक सहयोगको लागि अपिल गरेका छन् । लाम्गालेको परिवारले आर्थिक जुटाउन सक्ने अवस्था नभएपछि रामेछाप काठमाडौँ शृजनशील समाज नेपालले आर्थिक सङ्कलनको लागि अभियान चलाएको छ ।

लाम्गादेको परिवारको आर्थिक अवस्था नाजुक भएकाले अपरेशनका लागि रकम सङ्कलन गर्न अभियान सञ्चालन गरिएको संस्थाले जनाएको छ । हाल दुर्गा लाम्गादेको परिवारमा भाइ बहिनी आमा, लाम्गाखेको श्रीमती र ढेड बर्षकी छोरी छने । धर्म कमाउन कुनै मन्दिर जानू पर्दैन तपाईं हामिले २ पैसा दिएर कसैको जिन्दगी बन्छ भने यो भन्दा ठूलो धर्म के हुन सक्छ र । दुर्गा लामगादेको जीवन बचाउनको लागि सबै जनाले आआफ्नो ठाउँबाट सकेको सहयोग गरिदिनु हुनको लागि हार्दिन अपिल गर्दछौ । तपाईंहरुको सानो सहयोग उहाँको लागि ठूलो हुन सक्छ ।

सहयोग गर्न इच्छुक महानुभावहरुले राष्ट्रिय बाणिज्य बैंकमा रामेछाप काठमाडौ शृजनशील समाज नेपालको नाममा रहेको खाता नम्बर १४२०१००००४६१४००१ मा वा ESewa ID ९८४९४९४५४१ मा रकम जम्मा गर्न सक्ने छन् । विरामीको भाइको मोबाइल नम्बर९८४४४१५८९९ मा सम्पर्क गरेर पनि सहयोग उपलब्ध गराउन सकिने छ । थप जानकारी आवश्यक भएमा संस्थाको आजिवन सदस्य एवम् सहयोग सङ्कलन संयोजक राम तामाङ ९८५१०१०८५१५२ मा सम्पर्क गर्न पनि संस्थाले अनुरोध गरेको छ ।

प्रतिकृया

Add