जिल्ला अस्पताल रामेछाप ५० शैयामा स्तरोन्नती

 बिहिबार, पुस ५, २०८० | onlinenews

 

रामेछाप- बागमती प्रदेश सरकारले जिल्ला अस्पताल रामेछापलाई ५० बेड बनाउने निर्णय गरेको छ । १५ बेडमा सञ्चालन हुँदै आएको अस्पताल ५० बेडमा स्तरोन्नती हुने भएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले सबैको सहयोगबाट अस्पताललाई स्तरोन्नती गर्न सफल भएको भन्दै अस्पताल ५० वेडमा स्तरोन्नती भएपछि स्वास्थ्य सेवा अझ गणस्तरीय बन्ने बताए ।

बागमती प्रदेश सरकारले जिल्ला अस्पताल रामेछाप सहित प्रदेशभरका १० वटा प्रादेशिक अस्पतालको स्तरउन्नति गर्ने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रीपरिषद बैठकले १० अस्पताललाई ५० देखि ३ सय बेडसम्म स्तरोन्नती गर्ने निर्णय गरेको बागमती प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकारको निर्णय अनुसार रामेछाप जिल्ला अस्पताल ५० बेड, पशुपति चौलागाईँ अस्पताल दोलखा ५० बेड, सिन्धुपाल्चोक अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताललाई पनि ५० बेडमा स्तरोन्नती गरेको छ ।

त्यसैगरी धादिङको धादिङ अस्पताल, नुवाकोटको त्रिशुली अस्पताल, सिन्धुलीको सिन्धुली अस्पताल र चितवनको बकुलर अस्पताल १ सय बेडमा स्तरोन्नती हुने भएको छ । बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुरको हेटौडा अस्पताललाई भने ३ सय वेडा बनाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया

Add