उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्दै शैलुङ खानेपानी

पत्रकारलाई समेत ढाँटे सञ्चालक गिरीले

 बुधबार, फाल्गुन २३, २०८० | onlinenews

 

रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालित शैलुङ प्रशोधित पिउने पानीको नाममा उपभोक्ताको स्वास्थ्यमा खेलवाड भइरहेको छ । शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिले उत्पादन गरेको ‘अक्वा शैलुङ प्रसोधित पिउने पानी’ मा बद्मासि भएको यो पहिलो घटना भने होइन् । उक्त कम्पनीले पिउने पानीको नाममा पटक–पटक बद्मासी गर्दै आएको छ ।

‘अक्वा शैलुङ प्रशोधित पिउने पानी’ को नाममा गुणस्तरहित पानी प्याकिङ्क गरेर बिक्री वितरण गर्दै आएको छ । अक्वा शैलुङ प्रशोधित पिउने पानीको नाममा भएको बद्मासिको विषयमा पटक–पटक आवाज उठेपनि सम्बन्धित निकायले बदमासीलाई कारबाही गर्न सकेको छैन । सम्बन्धीत निकायले अनुगमन गर्दा ‘अक्वा शैलुङ प्रसोधित पिउने पानी’ गुणस्तहिन भएको थाहा पाएर पनि केही गर्न सकेको छैन ।

अक्वा शैलुङ प्रसोधित पिउने पानीको सिलप्याक गरिएकोे बोटलभित्रको पानीमा किरा कुदिरहेको घटना सेलाउन नपाउँदै अक्वा शैलुङ खानेपानी पुनः विवादमा आएको छ । उक्त कम्पनीले पटक–पटक गल्ती दोहोर्याउँदा पनि नियमनकारी निकाय मौन बसिदिदा अक्वा शैलुङ प्रशोधित पिउने पानीको नाममा गुणस्तरहिन पानी बजारमा निर्वाध बिक्री वितरण भइरहेको छ ।

किरा परेको पानी समेत निर्वाध रुपमा बेच्दा समेत नियमनकारी निकाय मौन बस्नुुलाई उपभोक्ताले समेत महत्वका साथ हेरिरहेका छन् । अक्वा शैलुङ प्रशोधित पिउने पानी २०७२ सालदेखि बजारमा ल्याइएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जारी गर्ने अनुज्ञा पत्र बिनानै ८ वर्षदेखि पानी बिक्री विरतण गर्दै आएको छ । गुणस्तरहिन पानी बजारमा बिक्री वितरण भइरहँदा पनि नियामक निकाय मौन रहनुलाई कतै पानी उत्पादक कम्पनी र नियामक निकायबिच मिलेमतो त छै भन्ने प्रश्न उपभोक्ताले उठाउन थालेका छन् ।

खाद्य तथा पेय पदार्थ बजारमा लानु पूर्व अनुज्ञा पत्र अनिवार्य लिन पर्ने व्यवस्था छ । अक्वा शैलुङ प्रशोधित पिउने पानीले म्ँत्त्तऋ बिना नै ८ वर्षदेखि पानी बिक्री वितरण गर्दै आइरहेको छ ।

शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिका संचालक रामबाबु गिरीले आफूले अनुज्ञा पत्र लिएको बताए पनि उनले अनुज्ञा नलिएको खुल्न आएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख पुष्पलाल राइले शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिको अनुज्ञा पत्र प्रक्रियामा रहेको जानकारी दिए । शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिले यसअघि पनि गुणस्तरहिन पानी बिक्री बितरण गर्दा मुद्दा परेको र सञ्चालन रामबाबु गिरीले कारबाही भोगिरहेको पनि उनले बताए । कारबाही गरेपछि उनले पानीमा केही सुधार गरे पनि अझै पूर्णरुपमा सुधार भने नगरेको राइले बताए ।

शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिका सञ्चालक गिरीले आफूले अनुज्ञा पत्र लिएको भनि पत्रकारहरुलाई समेत ढाँटेको खुलासा भएको छ । मानव स्वस्थ्यसँग जोडिएको विषयमा खेलावाड गर्नु यो सामान्य बद्भासी मात्र नभएर अक्षम्य अपराध हो ।
अक्वा शैलुङ प्रशोधित पिउने पानी गुणस्तरहिन भएका विषयमा जिल्लाका धेरैजसो सामाजिक फोरमहरुमा कुरा उठ्ने गरेको छ । उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने अक्वा शैलुङ प्रशोधित पिउने पानी उत्पादन गर्ने शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिलाई सम्बन्धित निकायले कानुनी दायरामा ल्याउन आवश्यक देखिन्छ ।

प्रतिकृया

Add