जन्मदिनमा सडक मानवलाई भोजन

 बिहिबार, असार ७, २०८१ | onlinenews
Share this

रामेछाप- जापानमा बस्दै आएकी संगीता घिमिरेले आफ्नो जन्म दिनको अवसरमा सडक मानवलाई भोजन गराएकी छन् । काठमाडौँका विभिन्न सडकपेटी, पुलमुनी र ढलको पाइपभित्र भोक भोकै रात काट्दै आएका सयौँ मानिसहरुलाई भोजन गराएकी हुन् । उनले दुःखी, गरिब एवम् असहाय मानिसहरुलाई भोजन गराउन रामेछापको मन्थली नगरपालिका–४ सालु निवासी प्रदिप घिमिरेलाई १५ हजार रुपैयाँ नगद उपलब्ध गराएकी थिइन् । घिमिरेले विगत ५ वर्ष (कोरोनाको सुरुवाती चरण) देखि सडक मानिसहरुलाई खाना खुवाउँदै आएका छन् । रामेछाप जिल्लाको मन्थली नगरपालिका–४ की सङ्गीता अध्ययनको सिलसिलामा जापानमा रहेकी छिन् । उनले जापानमा बस्दै आएका सिन्धुलीका पुस्कर पहाडीसँग केही वर्ष अघि विवाह गरेकी सङ्गीताको एक छोरा रहेका छन् । सानै उमेरदेखि परोपकारी कार्यमा अग्रसर रहेकी थिइन् ।

Share this

प्रतिकृया

Add