फोटो पत्रकार समूहद्धारा मन्थली नगरको पर्यटकीय सम्भावना बारे बहस

 शनिबार, साउन ५, २०८१ | onlinenews
Share this

 

रामेछाप- राष्ट्रिय फोटो पत्रकार समूह नेपाल रामेछापले मन्थली नगरपालिकामा पर्यटन प्रवर्धनका विषयमा बहस पैरबी परेको छ । राष्ट्रिय फोटो पत्रकार समूह रामेछापको प्रथम स्थापना दिवसको अवसरमा मन्थली नगरपालिकामा पयटकीय सम्भावना र पर्यटन प्रवर्धनका लागि भइरहेको प्रयत्नहरुको विषयमा सरोकारवालाहरुसँग बहस गरेको छ । बहस कार्यक्रममा मन्थली नगरपालिकामा रहेको पर्यटकीय सम्भावना, हालको अवस्था, प्रवर्धनका लागि भइरहेको प्रयास तथा सरोकारवालाहरुको भूमिकाका विषयमा समेत छलफल भएको छ । त्यसैगरी जिल्लाको सदरमुकाम समेत रहेको मन्थलीमा पर्यटकहरुलाई राख्न नसक्नुका कारण, पर्यटकहरुलाई मन्थलीमा बस्ने वातावरण निर्माण गर्नका लागि स्थानीय सरकार तथा रोकारवालाहरु र पर्यटकन तथा होटल व्यवसायीहरुले निर्वाह गर्नुपर्ने भूमिका र दायित्वका विषयमा समेत कार्यक्रममा छलफल भएको छ ।

छलफल कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले मन्थली नगरपालिका रामेछाप जिल्लाकै ठुलो पर्यटकीय सम्भावन रहेको पालिका भएको बताए । आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक रहेका सबै चिज मन्थलीमा रहेको बताए । उनले भने– पर्यटकहरुका लागि मन्थलीमा सबै चिज छ तर केही व्यवस्थापन गर्नु आवश्यक छ ।’ मन्थलीमा केही छैन हैन, के चाहिँ छैन, उनले मन्थलीमा पर्यटकहरु रम्ले चिज केही पनि छैन भन्नेहरुलाई प्रश्न गरे ।

नगरप्रमुख श्रेष्ठले सरोकारवाला निकायसँग आवश्यक बहस, छलफल र सुझावहरू लिएर नगरपालिकाले पर्यटन विकासका लागि पूर्वाधार निर्माण लगायतका आवश्यक कामहरु गरिरहेको पनि बताए । पर्यटकको आवागमन बढाउन नगरपालिकाभित्र सम्भावना बोकेका धार्मिक तथा पर्यटकीय स्थलहरूमा सम्भाव्यता अध्ययन गरी आवश्यक पूर्वाधार निर्माण गर्दै जाने नगरको योजना रहेको पनि नगरप्रमुख श्रेष्ठले बताए ।

यसका लागि नगरकाका १४ वटै वडाहरूमा रहेका धार्मिक तथा पर्यटकीय सम्भावना भएका स्थलहरूको पहिचान गरी नगरपालिका अगाडी बढेको उनको भनाइ छ । नगरपालिकाको पर्यटन विकासका लागि नगरले बनाएको योजना पूर्ण कार्यान्वयनका लागि आवश्यक सहयोग गर्न सरोकारवाला सबैलाई नगरप्रमुख श्रेष्ठले आग्रह समेत गरे । वर्षको दुई सिजनमा लुक्ला उडान भइरहेको मन्थली विमान स्थलको थप व्यवस्थापन र मन्थली–काठमाडौँ नियमित उडानका लागि पनि मन्थली नगरपालिकाले लामो समयदेखि पहल गरिरहेको उनको भनाइ छ । लुक्ला उडानका लागि सडक मार्ग हुँदै मन्थली आउने विदेशी पर्यटकलाई कम्तीमा एक रात मन्थली बस्ने र घुम्ने वातावरण निर्माण लागि नगरपालिका गम्भीर रुपमा लागेको पनि नगरप्रमुख श्रेष्ठले बताए । कार्यक्रममा अन्य जवाफदेही वक्ताका रुपमा बागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय रामेछापका प्रतिनिधि लक्ष्मण भुजेल, नागरिक ड्डयन प्राधिकरण मन्थलीका प्रमुख हिरोण शाह, नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरे, रामेछाप उद्योग वाणिज्य सङ्घका महासचिव कुमार श्रेष्ठ र होटल तथा पर्यटक व्यवसायी सङ्घ बागमती प्रदेश कोषाध्यक्ष शेखरमान श्रेष्ठ रहेका थिए । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल रामेछापका अध्यक्ष मिलन बि.क.को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बहस कार्यक्रमको सहजीकरण पत्रकार नवराज श्रेष्ठले गरेका थिए ।

Share this

प्रतिकृया

Add