स्थानीय तहमा कस्को तलब कति ?

 शनिबार, बैशाख २३, २०७४ | onlinenews

२३ वैशाख २०७४- स्थानीय तहको निर्वाचनबाट आउने जनप्रतिनिधिले कस्ता सेवा सुविधा तथा तलब भत्ता पाउँलाद ? यस विषयमा धेरैको चासो छ । किनकी करिब एक सातापछि ३४ जिल््लाका २ सय ८३ स्थानीय तहमा प्रमुख र उपप्रमुख र त्यस अन्तरगतका वडाका वडाअध्यक्ष र सदस्यहरु निर्वाचित भएर आउँदैछन् ।
त्यसरी निर्वाचित हुने पदाधिकारीहरुको तलब भत्ता र सुविधाबारे स्थानीय विकास मन्त्रालयले प्रारम्भिक गृहकार्य अघि बढाएको छ । मन्त्रालयले स्थानीय तहका पदाधिकारीहरुलाई प्रस्ताव गरेको सेवा सुविधा अनुसार महानगरपालिकाको मेयरको मासिक तलब ६० हजार र उपमेयरको ५० हजार रुपैयाँ हुनेछ ।
प्रारम्भिक चरणको छलफल भएकाले यो अंकमा केही फेरबदल हुनसक्ने स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले बताए ।
मन्त्रालयले मेयररउपमेयर तथा गाउँपालिका प्रमुख उपप्रमुख र वडाअध्यक्षहरुलाई मासिक तलब भत्ताको प्रस्ताव तयार पारेको छ । वडा अध्यक्ष समेत कार्यकारी भूमिकामा रहेकाले मासिक सेवा सुविधाको व्यवस्था गरिएको हो ।
महानगरपालिकाको मेयरको मासिक तलब ६० हजार रुपैयाँ बाहेक अतिरिक्त भत्ता, गाडि सुविधा लगायतका विभिन्न शिर्षकमा थप सुविधा पाउन सक्नेछन् । महानगरपालिकाको उपमेयरको मासिक पारिश्रमिक मात्र ५० हजार रुपैयाँ प्रस्ताव गरिएको छ । उपमेयरलाई पनि गाडी सुविधा र विभिन्न शीर्षकको भत्ताको व्यवस्था प्रस्ताव गरिएको छ ।
यस्तै उपमहानगरपालिकाको मेयरका लागि मासिक ५० हजार प्रस्ताव गरिएको छ । उपमहानगरपालिकाको मेयरले पनि गाडी सुविधा पाउने छन् । यस्तै विभिन्न शीर्षकमा भत्ताको पनि व्यवस्था प्रस्ताव छ । तर कुन शीर्षकको भत्ता कति हुन्छ भन्ने खुलाइएको छैन । यस्तै उपमेयरका लागि ४५ हजार प्रस्ताव गरिएको छ ।
यस्तै गाउँपालिका प्रमुखको मासिक तलब ३५ हजार र उपप्रमुखको मासिक तलब ३० हजार रुपैयाँ प्रस्ताव गरिएको छ । मन्त्रालयले प्रारम्भिक गृहकार्यमा गाउँपालिका प्रमुख र उपप्रमुखका लागि भने गाडी सुविधा दिन नसकिने प्रस्ताव गरेको छ ।
मन्त्रालयले वडा अध्यक्षहरुका लागि पनि फरक–फरक दरको मासिक पारिश्रमिक प्रस्ताव गरेको छ । महानगरपालिकाको वडा अध्यक्षहरुलाई मासिक ३० हजार पारिश्रमिक दिनुपर्ने मन्त्रालयको प्रस्ताव छ ।
यस्तै उपमहानगरपालिका अन्तर्गतका वडा अध्यक्षलाई २५ हजार, नगरपालिका अन्तर्गतका वडा अध्यक्षलाई २० हजार र गाउँपालिका अन्तर्गतका वडा अध्यक्षलाई १५ हजार रुपैयाँ मासिक पारिश्रमिक प्रस्ताव गरेको छ ।

प्रतिकृया

Add