आप्रवासी कामदार हकहित केन्द्र पुनर्गठन

 बिहिबार, असार ८, २०७४ | onlinenews

८ असार २०७४ रामेछाप– आप्रवासी कामदार हकहित केन्द्र रामेछापको सञ्चालक समिति पुनर्गठन गरिएको छ । हरिराम कार्कीको अध्यक्षतामा समिति पुनर्गठन गरिएको हो ।
त्यसैगरी अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा हिरालाल श्रेष्ठ, सचिव– डुप्चन लामा, सह–सचिव– केवश पाख्रिन र कोषाध्यक्षमा लक्ष्मी तामाङ चयन भएकी छन् । त्यसैगरी अन्य सदस्यहरुमा चेतबहादुर खड्का, निरमाया तामाङ, उत्तरकुमारी श्रेष्ठ, सरोज थापा, रविन थापामगर, गौतम तामाङ, उर्मिला तमाङ र अञ्जु घिसिङ रहेकी छन् ।
विदेश गएर फर्किएकाको परिवार र विदेशमा भएका कामदारको परिवारका सदस्य सञ्चालक समितिको पदाधिकारी एवं सदस्यमा चयन भएका छन् । बिहीबार आयोजीत भेलाले १३ सदस्यीय सञ्चालक समिति गठन गरेको हो ।
एक वर्ष अघि गठन भएको केन्द्रका सदस्यहरु निस्क्रिय भएपछि बिहीबार  पूरानो समितिलाई पुनर्गठन गरि नयाँ समिति गठन गरिएको हो । समिती पुर्नगठन गर्नु अघि चारघरे सेवा समितिले संस्थागत विकास सम्बन्धी दुई दिने तालिम दिएको थियो ।
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगीका विषयमा आवाज उठाउने पुनर्गठित समितिका अध्यक्ष हरिराम कार्कीले बताएका छन् ।

प्रतिकृया

Add